अमेरिका–इरान तनाव बढ्यो : अमेरिकी दूतावासनजिकै क्षेप्यास्त्र प्रहार | Khabarhub Khabarhub

अमेरिका–इरान तनाव बढ्यो : अमेरिकी दूतावासनजिकै क्षेप्यास्त्र प्रहार


२० पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी सेना रहेको इराकको बलादस्थित एउटा वेस क्याम्पमा आक्रमण भएको छ । अमेरिकी फौज रहेको सो वेसमा दुईवटा रकेटबाट प्रहार भएको एएफपीले जनाएको छ ।

इरानी उच्च सैन्य कमान्डर कासिम सुलेमानीको शनिवार निकालिएको शवयात्राको क्रममापनि विभिन्न स्थानमा विस्फोटका आवाजहरु सुनिएको बीबीसीले उल्लेख गरेको छ ।

ती रकेट प्रहार भएको ठाउँ बगदाददेखि ८० किलोमिटर उत्तरतर्फ रहेको जनाइएको छ । ग्रीन जोनमा अमेरिकी दूतवासनजिकै एउटा क्षेप्यास्त्र खसेको थियो । अमेरिकी सैनिकहरू बस्ने ठाउँ भएको राजधानीको उत्तरी क्षेत्रमा पनि क्षेप्यास्त्र आक्रमण भएको थियो ।

तर ती घटनामा कोही घाइते नभएको इराकी सुरक्षास्रोतहरूले बताएका छन् । ती आक्रमणको जिम्मेवारी अहिलेसम्म कुनै समूहले लिएको छैन। तर इरानपक्षधर लडाकुहरूलाई त्यसको दोष लगाइएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा इरानका सबैभन्दा शक्तिशालीमध्ये एक जर्नेल कासिम सुलेमानी मारिएपछि अमेरिका र इरानबीच तनाव बढिरहेको छ ।

इरानले सुलेमानीको हत्याको बदला लिने बताएको छ भने अमेरिकी राष्ट्रपति ट्रम्पले यदि इरानले अमेरिकी नागरिक वा सम्पत्तिमाथि आक्रमण गरे इरानका ५२ वटा स्थानलाई तत्काल निसाना बनाएर कडा प्रत्युत्तर दिने चेतावनी दिएका छन् ।

प्रकाशित मिति : २० पुस २०७६, आइतबार  ११ : २५ बजे

महोत्सवमा ग्राहकको मन अर्ग्यानिक खाद्यान्नमा

जानकी – महोत्सव स्थलको प्रवेशद्वारमै छ, ‘पैँचो पसल’ । उक्त

बङ्गलादेशमा कछुवाको मृत्युबारे अनुसन्धान

एजेन्सी – बङ्गलादेशी वैज्ञानिकहरूले गत हप्ता समुद्र तटमा बगाएर फेला

जनतासँग प्रत्यक्ष संवाद गर्न ‘हेल्लो धनराज’ सुरु

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङले जनतासँग प्रत्यक्ष संवाद गर्न

अर्थसंक्षेप : व्यक्तिगत पान नम्बर लिनेको संख्या ४५ लाख नाघ्यो, स्टार्टअपमा महिलामैत्री कानूनको माग

काठमाडौं– नेपालमा व्यक्तिगत स्थायी लेखा नम्बर (पान) लिनेको संख्या ४५

हमासले ४८२ दिनपछि छाड्यो तीन इजरायली र पाँच थाई नागरिक

गाजा – प्यालेस्टाइनको विद्रोही समूह हमासले बिहीबार थप बन्दीलाई छाडेको