नराम्री देखिन्छु भनेर ‘रिजेक्ट’ गरेकी थिइन् ऐश्वर्याले ‘छपाक’ को स्किृप्ट? « Khabarhub

नराम्री देखिन्छु भनेर ‘रिजेक्ट’ गरेकी थिइन् ऐश्वर्याले ‘छपाक’ को स्किृप्ट?


२० पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रिलिजअघि दीपिका पादुकोण स्टारर फिल्म ‘छपाक’ कानूनी झमेलामा फसेको छ । एक फिल्ममेकरले दीपिका, मेघना गुलजारसहित ११ जनाविरुद्ध उजुरी हालेका छन् ।

फिल्म युनिटलाई स्किृप्ट चोरी गरेको आरोप लगाइएको छ । उजुरीकर्ता राकेश भारतीले फिल्मको प्रोमो हेरेरै ‘छपाक’ आफूले लेखेको स्किृप्टमा आधारित भएको थाहा पाएको बताउँदै आएका छन् ।

उजुरीमा राकेशले एसिड आक्रमण पीडितमाथि आफूले फिल्म बनाउन चाहेको खुलाएका छन् । उनले उक्त फिल्मको स्किृप्ट दर्ता पनि गराएका थिए ।

उनले फिल्मका लागि ऐश्वर्या राय बच्चन, कंगना रनावत, श्रद्धा कपूर, प्रियंका चोपडा र अनुष्का शर्मालाई प्रस्ताव गरेका थिए ।

मुम्बईमा पत्रकार सम्मेलन गर्दै राकेशले भनेका छन् – ‘प्रियंका चोपडा फिल्मको स्किृप्ट सुनेपछि यसलाई निर्माण गर्न चाहन्थिन्, तर उनी विदेशमा भएका कारण सम्भव थिएन, प्रियंकापछि मैले यो स्क्रिप्ट अनुष्का शर्मासँग लिएर गएँ, उनीसँग २ वर्षसम्म समय थिएन ।’

पछि आफू कंगना रनावतसँग पुगेको र उनलाई स्किृप्ट मन परेको राकेशले बताएका छन् । कंगनाले पनि यो फिल्ममा काम गरिनन् । फिल्मको नाम ‘ब्ल्याक डे’ राखिएको थियो ।

कंगनाले काम नगर्नुको कारण खुलाउँदै राकेशले सुनाए, ‘कंगनालाई कहानी त मन पर्‍यो तर उनकी बहिनी रंगोलीको जीवनमा पनि मिलेको कारण भावुक हुने डरले फिल्ममा काम गरिनन् ।’

अन्तिममा यो कथा ऐश्वर्या रायलाई पठाइयो । तर, ऐश्वर्याले पनि यो फिल्ममा काम गर्न मानिनन् । कारण थियो, उनी एसिड आक्रमणमा परेकी पीडितको भूमिकामा देखिएर पर्दामा नराम्री देखिन चाहँदैनथिन् ।

राकेशले सन् २०१६ मा फक्स स्टार स्टुडियोका अधिकारीलाई सुनाएको बताएका छन् । यो फिल्म एसिड आक्रमणमा परेकी लक्ष्मी अग्रवालको कहानीमा आधारित छ । फक्स स्टार स्टुडियोको लगानी रहेको यो फिल्मलाई मेघना गुलजारले निर्देशन गरेकी हुन् भने दीपिकालाई लक्ष्मीको भूमिकामा देख्न सकिनेछ ।

प्रकाशित मिति : २० पुस २०७६, आइतबार  १२ : ३७ बजे

अर्जेन्टिनाको पुनरागमन, इङ्ग्ल्यान्डलाई हराउँदै लगातार दोस्रो विश्वकप फाइनलमा

काठमाडौं- साविक विजेता अर्जेन्टिनाले इङ्ग्ल्यान्डलाई २–१ ले पराजित गर्दै लगातार

विद्यालयमा आइतबार बिदा दिने निर्णय पुनः विचार गर्न आग्रह

काठमाडौं – सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले आइतबार विद्यालयमा

दुई थान चोरीको स्कुटरसहित एकजना पक्राउ

काठमाडौं – दुई थान चोरीको स्कुटरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको

सम्पत्ति छानबिन आयोगको काम अघि नबढाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सम्पत्ति छानबिन आयोगलाई कसैको पनि सम्पत्ति छानबिन नगर्न

गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै जटायु रेष्टुरेन्ट

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती