सुनको मूल्यले महँगो ‘रेकर्ड’ बनायो, अझै बढ्न सक्ने « Khabarhub

सुनको मूल्यले महँगो ‘रेकर्ड’ बनायो, अझै बढ्न सक्ने


२० पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो समय नेपाली बजारमा सुनको मूल्य निरन्त ररुपमा बढ्दै गएको छ । आइतवार सुनको मूल्य प्रतितोला ७५ हजार ५ सय पुगेको छ । जुन नेपाली बजारमा सुनको सबैभन्दा महंगो दर हो ।

बिबाहको लगन तथा चाडपर्वको समयमा बढ्ने सुनको मूल्य यस पटक भने विवाहको लगन र चाडपर्व नपर्ने पुष महिनामा पनि बढेको छ । सुनको मूल्य वृद्धि हुनुमा आन्तरिक कारण नभइ अन्तर्राष्ट्रिय मुल्यले प्रभाव पारेको तथा अमेरिका र इरानबीचको टकाराव बढेकाले सुनको मूल्य अझै बढ्न सक्ने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंसिर महिनाभरी घटबढ भइरहेको सुनको मूल्य पुस महिनामा उकालो लागेको छ । पुस १६ गते छापावाला सुन तोलाको ७३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । पुस १६ र १७ गते स्थिर रहेको सुनको मुल्य पुस १८ गते एकै पटक १ हजार रुपैयाँले बृद्धि भएर प्रतितोला ७४ हजार ५ सय पुग्यो ।

पुस २० गते(आज) सुनको मूल्य प्रतितोला १ हजारले बढेर ७५ हजार ५ सय पुगेको छ । जुन अहिलेसम्मकै धेरै हो । पुष महिनामा मात्र सुनको मूल्य प्रति तोला ३३ सय रुपैयाँ बढेको सुन चाँदी ब्यवसायी संघले जनाएको छ ।

भदौ ९ गते नेपालको इतिहासमै सबैभन्दा बढी छापावाला सुन तोलाको ७३ हजार ५ सयमा कारोबार भएको थियो । त्यसपछि केहि ओरालो लागे जस्तो गरेर पुनः भदौ १८ गते सोहि उच्च बिन्दुमा सुनको मूल्यय पुगेको थियो । चीन र अमेरिकाबीचको व्यापार युद्धका कारण लगातार सुनको मूल्य बढेको महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए ।

गत आर्थिक बर्षको अन्तिम महिना ६५ हजार ५ सय कायम रहेको सुनको मूल्य चालु आर्थिक बर्षको शुरुवात देखि नै केहि बढ्दै गएको देखिन्छ । साउन भदौ महिनामा महिलाहरुको महान पर्व तीज नजिकिएसँगै बजारमा सुनको माग बढ्ने हुदा सोहि कारण साउनमा सुनको मुल्य बढेर ७१ हजार ५ सय सम्म पुग्यो । साउनमा बढेको सुनको मूल्य भदौ महिनाको शुरुवातदेखि उकालो लाग्न थाल्यो ।

नेपालको इतिहासमै हालसम्मको सबैभन्दा बढी सुन ७३ हजार ५ सयमा भदौ ९ र आज ७५ हजार ५ सय पुगेको हो । भदौं ९ पछि केहि ओरालो लागेजस्तो भएको सुनको मूल्य भदौ २९ गते ७० हजार २ सयमा कारोबार भयो । चालू आर्थिक बर्षको शुरु भएयता सबैभन्दा महंगो मूल्यमा भदौमा कारोबार भएको सुन सबैभन्दा सस्तो भने कात्तिक २२ गते ६९ हजार ९ सय पुगेको देखिन्छ ।

नेपाली बजारमा चार्डपर्वको सुन माग बढ्ने भएपनि यो बर्ष मूल्य बढ्दा सुनको खपत कम भएको ब्यवसायीहरु बताउँछन् । बिगतका वर्षहरुमा तिजको बेलामा दैनिक ५० देखि ६० केजी सुन खपत हुने गरेपनि यो बर्ष दिनको १० केजी भन्दा कम कारोबार भएको सुनचाँदी व्यवसायीले बताउने गरेका छन् ।

केही दिनयता बढेको अमेरिका इरान तनावका कारण पनि सुनको मूल्य बृद्धि हुने अनुमान विश्व बजारमा गरिएको छ ।

नेपालमा सुनको मुल्य निर्धारण अन्र्तराष्ट्रिय बजारकै आधारमा गर्ने गरिन्छ । ७५ प्रतिशत अन्र्तराष्ट्रिय बजार र २५ प्रतिशत भारतिय बजारलाई आधार मानेर नेपालमा मूल्य निर्धारण गरिन्छ ।

प्रकाशित मिति : २० पुस २०७६, आइतबार  १२ : ५० बजे

झापा गाउँपालिकाद्वारा भूमि प्रशासन सेवा आरम्भ

झापा – झापा गाउँपालिकाले आजदेखि आफ्नै भूमि व्यवस्थापन शाखामार्फत मालपोत

भलिबल सङ्घद्वारा वार्षिक कार्यक्रम सार्वजनिक

काठमाडौं – नेपाल भलिबल सङ्घले चालु आर्थिक वर्षमा विभिन्न १९

महाकाव्यकार खेमनाथ दाहालको गीति एल्बम ‘जागृति’ सार्वजनिक

काठमाडौं – महाकाव्यकार खेमनाथ दाहालका सिर्जनालाई संगीतमार्फत श्रोतामाझ पुर्‍याउने उद्देश्यले

कालीगण्डकीमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह

गण्डकी – वर्षासँगै कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रका

बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन

काठमाडौं – अर्थ मन्त्रालयले बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा