सलमान खानको ‘दबंग ३’ किन रुचाइएन ? यस्ता छन् ५ कारण « Khabarhub

सलमान खानको ‘दबंग ३’ किन रुचाइएन ? यस्ता छन् ५ कारण


२० पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सात वर्षपछि ठूलै धमाका गरेर सलमान खानको फिल्म ‘दबंग ३’ रिलिज गरियो । सलमानलाई विश्वास थियो कि, यो फिल्म पनि अघिल्लो सिरिज झैँ धमाकेदार बन्नेछ ।

जुन चुलबुल पाण्डेले सलमानलाई थप उचाइमा पुर्‍यायो, त्यही चुलबुलले फेरि आफूलाई गिराउने उनले सोचेका पनि थिएनन् ।

क्रिसमसको अवसर पारेर रिलिज गरिएको फिल्मले पहिलो दिन नै आशा गरिएअनुरुप व्यापार गर्न सकेन । सलमानका फ्यानलाई पनि यो फिल्म खासै मन परेन ।

आखिर दर्शकलाई फिल्म किन मन परेन त?

कारण १: दोहोरिएको कथा

‘दबंग ३’ हेर्दा यस्तो लाग्दैन कि, यो कुनै नयाँ फिल्म हो । कथा त घिसीपिटी थियो नि, फिल्मको प्रस्तुतीकरण पनि बासी छ । उही चुलबुलको हर्कत, केही पुराना संवाद, चश्मावाला स्टाइल, मुन्नावाला गीत सबै पहिलेका फिल्मका कुनै दृश्यझैँ लाग्छन् ।

यसअघिका दुई भाग हेरिसकेका दर्शकलाई यो फिल्म हेर्दा खासै फ्रेस हुँदैन । पुरानो सामानलाई नै नयाँ प्याकिङ गरेको जस्तो फिल्ममा छ ।

कारण २: चुलबुलको चर्तिकला

चुलबुलको चुलबुलेपन पहिलो र दोस्रो भागमा दर्शकलाई भलै किन मन नपरेको होस्, तेस्रो भागमा आउँदा चुलबुल पाण्डेको क्यारेक्टर उस्तै हुन्छ । उसै गरी दर्शक हँसाउन खोज्छ । दुई भागमा हेरिसकेपछि दर्शकले पनि चुलबुलमा केही नयाँपन चाहन्छन् । दर्शकलाई उही चुलबुल र उही कथावाचन मन परेन ।

कारण ३: हतारमा बनाइएको फिल्म

फिल्मकर्मीले फिल्मलाई भन्दा पनि फिल्मको रिलिज मितिमा बढी ध्यान दिन थालेका छन् । पहिले फिल्मको मिति सार्वजनिक गर्ने र त्यही डेटमा रिलिज गर्ने गरी फिल्मको सबै काम सक्ने गर्छन् ।

फिल्मका कैयन् दृश्य हेर्दा यस्तो लाग्छ, दबंग ३ पनि यसैगरी हतारमा नै बनाइएको थियो । न फिल्मको कहानीमा दम छ, न त स्किृप्ट नै ढंग दिएर लेखिएको छ । यता फिल्मको संगीत पनि उस्तै कमजोर देखिन्छ ।

कारण ४: कमजोर द्वन्द्व

दबंग सिरिजको कहानी सीधै हिरो र भिलेनको कहानीमा आधारित छ । यसअघि दबंगदबंग २ मा सलमानले सीधै भिलेनसँग टक्कर लिएका थिए । तर, दबंग ३ मा सुदीपलाई खतरनाक भिलेन बनाउनमा निर्माण टिम चुकेको छ । सुदीपले अभिनय त दमदार गरेका छन् तर हिरो र भिलेनको टक्कर भने दर्शकलाई मजा दिने खालको छैन ।

कारण ५: निर्देशकको कमजोरी

फिल्मको निर्देशक प्रभु देवाले गरेका हुन् । तर उनले निर्देशनमा यसपटक खासै कमाल देखाउन सकेका छैनन् । उनले आफ्नो दर्शकलाई पनि खुशी बनाउन सकेनन् । निर्देशकलाई फिल्मको कप्तान भनिन्छ । तर फिल्ममा प्रभु देवाले चित्तबुझ्दो काम दिन सकेका छैनन् ।

प्रकाशित मिति : २० पुस २०७६, आइतबार  १ : ३७ बजे

एकता महाधिवेशनका नाममा चिप्लियो रास्वपा, नयाँ-पुराना सबैको चर्को असन्तुष्टि

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी बितेका पाँच दिनदेखि चितवनमा अल्मलिएको छ।

जेठ महिनामा देशभरबाट १ हजार ३६ जना लागूऔषध कारोबारमा संलग्न पक्राउ

काठमाडौं– नेपाल प्रहरीले गत जेठ महिनामा देशभरबाट एक हजार ३६

उपराष्ट्रपति यादवसँग अमेरिकी कार्यवाहक राजदूतको भेट

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग संयुक्त राज्य अमेरिकाका लागि नेपालका कार्यवाहक

‘नतिजा प्रक्रियामा स्पष्ट छौँ, थप जाँचका लागि समिति गठन भइसक्यो’

काठमाडौं- शिक्षामन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रियाप्रति