अहिले त सरकारले फिल्म बनाउनुपरेको छैन, हामीले आफै बनाएका छौँ: विराज भट्ट « Khabarhub

अहिले त सरकारले फिल्म बनाउनुपरेको छैन, हामीले आफै बनाएका छौँ: विराज भट्ट


२० पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता विराज भट्ट फिल्म ‘साङ्लो’ मार्फत निर्देशकका रुपमा देखिँदैछन् । यो फिल्ममा लगानी पनि भट्टकै छ । भोजपुरी फिल्म उद्योगमा समेत राम्रो क्रेज बनाएका भट्टले लामो समयपछि नेपाली फिल्म उद्योगमा कमब्याक गर्न लागेका हुन् ।

गत शुक्रवार विराजले निर्देशन गरेको फिल्म ‘साङ्लो’ को ट्रेलर सार्वजनिक गरियो । राजधानीमा कार्यक्रमको आयोजना गरेर गरिएको ट्रेलर सार्वजनिकीकरण कार्यक्रममा निर्माण टिमसँगै ‘साङ्लो’ का कलाकार पनि उपस्थित थिए ।

एकताका फिल्म उद्योगमा एक्सन स्टारका रुपमा चिनिएका विराज लामो समय नेपाली फिल्म उद्योगबाट हराए । बरु विराज भोजपुरी फिल्ममा देखिए । झण्डै २ वर्षको मेहनतपछि उनी नेपाली फिल्म ‘साङ्लो’ लिएर दर्शकमाझ पुन: आउँदैछन् ।

अब भने नेपाली फिल्म उद्योगमै निरन्तरले काम गर्ने विराज बताउँछन् । ‘अब नेपाली फिल्म उद्योगमै निरन्तर काम गर्छु, राम्रो सिनेमा बनाउन थप प्रेसर पनि छ,’ उनले भने ।

पहिलोपटक निर्माता र निर्देशकसमेत भएका विराजले यो फिल्ममा काम गर्दा धेरै चाप थपिएको पनि बताए । ‘सबै जिम्मेवारी सम्हालेर मैले यसअघि कुनै फिल्मका काम गरेको थिइनँ, यो फिल्मका काम गर्दा धेरै दबाब महसुस भयो,’ उनले भने, ‘अहिले आएर सिनेमा हेर्दा प्रेसर लिएर ठीकै गरेछु भन्ने लागेको छ ।’

विराजले कुनै बेला सरकारले शाही नेपाली चलचित्र संस्थानमार्फत फिल्म बनाउनुपरेको तर अहिले निर्माताहरु फिल्म बनाउन अग्रसर भएको पनि बताए ।

‘अहिले सरकारले सिनेमा बनाइदिनु परेको छैन, हामी आफै बनाइरहेका छौँ,’ उनले भने ।

सरकारले नेपाली कलाकारका लागि पनि केही गरिदिनुपर्ने र नेपाली फिल्मलाई महत्त्व दिनुपर्ने उनको धारणा थियो । उनले अरु देशमा फिल्मलाई सरकारले महत्त्व दिने तर नेपालमा भने फिल्म उद्योगलाई राज्यले उपेक्षा गरेको बताए ।

‘फिल्मले पर्यटन प्रवर्धन गर्नका लागि पनि भूमिका खेल्छ, सरकारले सिनेमा निर्माण गर्नका लागि सहयोग गरे हुन्थ्यो,’ विराजको भनाइ थियो ।

माघ २४ देखि प्रदर्शनमा आउने फिल्म ‘साङ्लो’ मा विराजको शीर्ष भूमिका देख्न सकिनेछ । फिल्ममा उनको अपोजिटमा पूर्वमिस नेपाल निकिता चण्डक हुनेछिन् ।

केही समययता विराज यही फिल्मका कारण चर्चामा छन् । फिल्मले सार्वजनिक गरेको गीत र ट्रेलरले सकारात्मक प्रतिक्रिया पाएको छ ।

प्रकाशित मिति : २० पुस २०७६, आइतबार  २ : ३१ बजे

रास्वपाले प्रधानमन्त्रीसँग खोज्यो चुनावी सुरक्षाको ग्यारेन्टी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले फागुन २१ गतेको निर्वाचनको वातावरण बनाउन

‘जलाइएका संरचना टुलुटुलु हेर्दै गाउँ जान सकिँदैन, फागुन २१ मा निर्वाचन हुँदैन’

काठमाडौं- आगामी फागुन २१ गते तय प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीबारे

महेशलाई सिंहदरबार पठाएका केपी साथमा शंकर लिएर पुगे शेरबहादुर भेट्न

काठमाडौं- सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीले आयोजना गरेको सर्वपक्षीय छलफल चलिरहँदा

अनौपचारिक क्षेत्रमा काम गर्ने महिलाले पाएनन् उचित पारिश्रमिक 

धादिङ– निर्माण, कृषि तथा अन्य अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरूले

सरकारले हामीलाई फुटबल नबनाओस्‌ : जेन–जी प्रतिनिधि

काठमाडौं– निर्वाचन कानुन र व्यवस्थापन सम्बन्धमा सिंहदरबारमा भएको छलफलका क्रममा