अहिले त सरकारले फिल्म बनाउनुपरेको छैन, हामीले आफै बनाएका छौँ: विराज भट्ट « Khabarhub

अहिले त सरकारले फिल्म बनाउनुपरेको छैन, हामीले आफै बनाएका छौँ: विराज भट्ट


२० पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता विराज भट्ट फिल्म ‘साङ्लो’ मार्फत निर्देशकका रुपमा देखिँदैछन् । यो फिल्ममा लगानी पनि भट्टकै छ । भोजपुरी फिल्म उद्योगमा समेत राम्रो क्रेज बनाएका भट्टले लामो समयपछि नेपाली फिल्म उद्योगमा कमब्याक गर्न लागेका हुन् ।

गत शुक्रवार विराजले निर्देशन गरेको फिल्म ‘साङ्लो’ को ट्रेलर सार्वजनिक गरियो । राजधानीमा कार्यक्रमको आयोजना गरेर गरिएको ट्रेलर सार्वजनिकीकरण कार्यक्रममा निर्माण टिमसँगै ‘साङ्लो’ का कलाकार पनि उपस्थित थिए ।

एकताका फिल्म उद्योगमा एक्सन स्टारका रुपमा चिनिएका विराज लामो समय नेपाली फिल्म उद्योगबाट हराए । बरु विराज भोजपुरी फिल्ममा देखिए । झण्डै २ वर्षको मेहनतपछि उनी नेपाली फिल्म ‘साङ्लो’ लिएर दर्शकमाझ पुन: आउँदैछन् ।

अब भने नेपाली फिल्म उद्योगमै निरन्तरले काम गर्ने विराज बताउँछन् । ‘अब नेपाली फिल्म उद्योगमै निरन्तर काम गर्छु, राम्रो सिनेमा बनाउन थप प्रेसर पनि छ,’ उनले भने ।

पहिलोपटक निर्माता र निर्देशकसमेत भएका विराजले यो फिल्ममा काम गर्दा धेरै चाप थपिएको पनि बताए । ‘सबै जिम्मेवारी सम्हालेर मैले यसअघि कुनै फिल्मका काम गरेको थिइनँ, यो फिल्मका काम गर्दा धेरै दबाब महसुस भयो,’ उनले भने, ‘अहिले आएर सिनेमा हेर्दा प्रेसर लिएर ठीकै गरेछु भन्ने लागेको छ ।’

विराजले कुनै बेला सरकारले शाही नेपाली चलचित्र संस्थानमार्फत फिल्म बनाउनुपरेको तर अहिले निर्माताहरु फिल्म बनाउन अग्रसर भएको पनि बताए ।

‘अहिले सरकारले सिनेमा बनाइदिनु परेको छैन, हामी आफै बनाइरहेका छौँ,’ उनले भने ।

सरकारले नेपाली कलाकारका लागि पनि केही गरिदिनुपर्ने र नेपाली फिल्मलाई महत्त्व दिनुपर्ने उनको धारणा थियो । उनले अरु देशमा फिल्मलाई सरकारले महत्त्व दिने तर नेपालमा भने फिल्म उद्योगलाई राज्यले उपेक्षा गरेको बताए ।

‘फिल्मले पर्यटन प्रवर्धन गर्नका लागि पनि भूमिका खेल्छ, सरकारले सिनेमा निर्माण गर्नका लागि सहयोग गरे हुन्थ्यो,’ विराजको भनाइ थियो ।

माघ २४ देखि प्रदर्शनमा आउने फिल्म ‘साङ्लो’ मा विराजको शीर्ष भूमिका देख्न सकिनेछ । फिल्ममा उनको अपोजिटमा पूर्वमिस नेपाल निकिता चण्डक हुनेछिन् ।

केही समययता विराज यही फिल्मका कारण चर्चामा छन् । फिल्मले सार्वजनिक गरेको गीत र ट्रेलरले सकारात्मक प्रतिक्रिया पाएको छ ।

प्रकाशित मिति : २० पुस २०७६, आइतबार  २ : ३१ बजे

बीपी बचाउन न्यायाधीश जनकमानले लिएको त्यो जोखिम

न्यायाधीश जनकमान : तपाईंलाई सशस्त्र जनक्रान्ति गरेको आरोप सम्बन्धमा के भन्नुहुन्छ

कुथेली बुखरी स्मल हाइड्रोपावरद्वारा १८ प्रतिशत बोनस सेयर प्रस्ताव

काठमाडौं– कुथेली बुखरी स्मल हाइड्रो पावर लिमिटेडले आर्थिक वर्ष २०८०/०८१

‘म नोबेल शान्ति पुरस्कारको हकदार हुँ, तर पाउनेमा शंका छ’ : ट्रम्प

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू नोबेल शान्ति पुरस्कारको हकदार

दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

काठमाडौं– एनसेलले दार्चुलाको मार्मा गाउँपालिकामा नयाँ मोबाइल टावर जडान गरी फोरजीलगायतका दूरसञ्चार

गायिका तथा टुङ्ना वादक फुटी शेर्पा अन्तर्राष्ट्रिय सम्मानद्वारा सम्मानित

काठमाडौं– काठमाडौंस्थित राष्ट्रिय नाचघरमा मंगलबार आयोजित गान्धी अन्तर्राष्ट्रिय प्रेरणा पुरस्कार–२०२६ नेपाल कार्यक्रममा गायिका