चप्पल लगाएर सवारी साधन चलाए १५ सय रुपैयाँ जरिवाना ! « Khabarhub

चप्पल लगाएर सवारी साधन चलाए १५ सय रुपैयाँ जरिवाना !



काठमाडौं– सार्वजनिक सवारी साधन चालकले अब सवारी चलाउँदा चप्पल लगाउन नपाउने भएका छन् ।

सार्वजनिक सवारीसाधन दुर्घटनामा वृद्धि भएसँगै यातायात व्यवस्था विभागले चालकहरुलाई जुत्ता अनिवार्य गर्ने व्यवस्था ल्याएको हो ।
विभागका प्रवक्ता तिर्थराज खनाल यस्तो व्यवस्थाले दुर्घटना न्यूनीकरण हुने दाबी गर्छन् ।

चप्पल लगाएर सवारीसाधन चलाउँदा चप्पलको फित्ता अड्एिर दुर्घटना बढेको पाइएको र सबै प्रकारका सवारी गाडी चलाउँदा जुत्ता लगाउन अनिवार्य गरिएको विभागका प्रवक्ता तिर्थराज खनालले खबरहबलाई जानकारी दिए ।

विभागले यसका लागि यातायात व्यवसायीसँग छलफल गरेर सम्बन्धित कार्यालयहरु र ट्राफिक प्रहरीलाई समेत चिट्ठी पठाएको थियो भने गत बुधवार सूचना प्रकशन गरेर नियम लागू भएको जानकारी दिएको थियो ।

गेयर, क्लज र ब्रेकमा खुट्टा सारिरहँदा चप्पलको फित्ता अड्किएर दुर्घटना भएको पाइएको बताउँदै खनालले भने, ‘यस्ता दुर्घटना कम गर्नका लागि यो नियम ल्याएका हौं ।’

त्यस्तै दुर्घटना कम गर्नको लागि गाडीमा लेखिएका सबै किसिमका स्लोगन तथा कोटेसन मेट्न, सिसामा स्टिकर वा अरु कुनै चिज नटाँस्न र नझुण्डाउन र गाडीको क्याबिनमा सजावटका सामान वा म्युजिक सिस्टम राखेको भएमा त्यसलाई हटाउन समेत विभागले आग्रह गरेको छ ।

पछिल्ला समय सवारीसाधन दुर्घटना हुनुको कारणमध्ये सबैभन्दा बढी चालकका कारण हुने गरेको पाइएको भन्दै विभागले चालकको ध्यान अन्यत्र मोड्ने सामग्री गाडीबाट हटाउन सुझाव दिएको छ ।

खनालका अनुसार बुधवारबाट लागू हुने गरि सूचना प्रकाशन भएको र यी सुझावहरु पालना नगरेको पाइएमा ट्राफिक प्रहरीले नियमअनुसार कारवाही गर्ने छ ।

१ हजार ५ सयसम्म जरिवाना

एक हप्तासम्म सम्पूर्ण चालकहरुलाई यसबारे चेतना दिइरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
गत बुधवारबाटै अनिवार्य जुत्ता लगाउनुपर्ने व्यवस्थाबारे प्रचार गरिरहेको महाशााखाका प्रहरी वरिष्ठ उपरीक्षक भीम ढकालले खबरहबलाई जानकारी दिए ।

‘बिहीवारबाटै हामीले चालकलाई सचेत गराउन यो व्यवस्थाबारे जानकारी गराइरहेका छौं’ ढकालले भने, ‘एक हप्तासम्म सचेत गराइन्छ ।’
यदी सुझाव नटेरेको खण्डमा ट्राफिक नियम मिचेको भनेर कारवाही प्रक्रिया अघि बढाउने बताउँदै ढकालले भने, ‘यसमा ५ सय देखि १५ सयसम्म जरिवाना लिन्छौं ।’

४ महिनामा उपत्यकामा ५९ जनाको मृत्यु

सवारी दुर्घटनाको तथ्याङ्क हेर्ने हो भने काठमाडौं उपत्यकामा मात्र हरेक वर्ष डेढ सय जनाले ज्यान गुमाइरहेका छन् भने सयौंको संख्यामा घाइते भइरहेका छन् ।

चालू आर्थिक वर्षको ४ महिनामा सवारी दुर्घटनामा परी ५९ जनाले ज्यान गुमाएको तथ्याङ्कमा उल्लेख गरिएको छ । त्यस्तै १ सय ५ जना गम्भीर घाइते र ३ हजार जना गम्भीर घाइते भएका छन् ।

प्रकाशित मिति : २० पुस २०७६, आइतबार  २ : ३९ बजे

एसीसी प्रिमियर कप फाइनल : युएईविरुद्ध गुल्सन झाको अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका अलराउन्डर गुल्सन झाले

गैंडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते

काठमाडौँ – नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) को गैंडाकोट नगरपालिका–१२ हर्कपुरस्थित

एसीसी प्रिमियर कप फाइनलमा आशिफ शेखको शतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका ओपनर आशिफ शेखले

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध आसिफ शेखले बनाए अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालका ओपनर

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध ओपनर आसिफ र अर्जुनले गरे ९७ रनको साझेदारी

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालले शानदार