चप्पल लगाएर सवारी साधन चलाए १५ सय रुपैयाँ जरिवाना ! « Khabarhub

चप्पल लगाएर सवारी साधन चलाए १५ सय रुपैयाँ जरिवाना !



काठमाडौं– सार्वजनिक सवारी साधन चालकले अब सवारी चलाउँदा चप्पल लगाउन नपाउने भएका छन् ।

सार्वजनिक सवारीसाधन दुर्घटनामा वृद्धि भएसँगै यातायात व्यवस्था विभागले चालकहरुलाई जुत्ता अनिवार्य गर्ने व्यवस्था ल्याएको हो ।
विभागका प्रवक्ता तिर्थराज खनाल यस्तो व्यवस्थाले दुर्घटना न्यूनीकरण हुने दाबी गर्छन् ।

चप्पल लगाएर सवारीसाधन चलाउँदा चप्पलको फित्ता अड्एिर दुर्घटना बढेको पाइएको र सबै प्रकारका सवारी गाडी चलाउँदा जुत्ता लगाउन अनिवार्य गरिएको विभागका प्रवक्ता तिर्थराज खनालले खबरहबलाई जानकारी दिए ।

विभागले यसका लागि यातायात व्यवसायीसँग छलफल गरेर सम्बन्धित कार्यालयहरु र ट्राफिक प्रहरीलाई समेत चिट्ठी पठाएको थियो भने गत बुधवार सूचना प्रकशन गरेर नियम लागू भएको जानकारी दिएको थियो ।

गेयर, क्लज र ब्रेकमा खुट्टा सारिरहँदा चप्पलको फित्ता अड्किएर दुर्घटना भएको पाइएको बताउँदै खनालले भने, ‘यस्ता दुर्घटना कम गर्नका लागि यो नियम ल्याएका हौं ।’

त्यस्तै दुर्घटना कम गर्नको लागि गाडीमा लेखिएका सबै किसिमका स्लोगन तथा कोटेसन मेट्न, सिसामा स्टिकर वा अरु कुनै चिज नटाँस्न र नझुण्डाउन र गाडीको क्याबिनमा सजावटका सामान वा म्युजिक सिस्टम राखेको भएमा त्यसलाई हटाउन समेत विभागले आग्रह गरेको छ ।

पछिल्ला समय सवारीसाधन दुर्घटना हुनुको कारणमध्ये सबैभन्दा बढी चालकका कारण हुने गरेको पाइएको भन्दै विभागले चालकको ध्यान अन्यत्र मोड्ने सामग्री गाडीबाट हटाउन सुझाव दिएको छ ।

खनालका अनुसार बुधवारबाट लागू हुने गरि सूचना प्रकाशन भएको र यी सुझावहरु पालना नगरेको पाइएमा ट्राफिक प्रहरीले नियमअनुसार कारवाही गर्ने छ ।

१ हजार ५ सयसम्म जरिवाना

एक हप्तासम्म सम्पूर्ण चालकहरुलाई यसबारे चेतना दिइरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
गत बुधवारबाटै अनिवार्य जुत्ता लगाउनुपर्ने व्यवस्थाबारे प्रचार गरिरहेको महाशााखाका प्रहरी वरिष्ठ उपरीक्षक भीम ढकालले खबरहबलाई जानकारी दिए ।

‘बिहीवारबाटै हामीले चालकलाई सचेत गराउन यो व्यवस्थाबारे जानकारी गराइरहेका छौं’ ढकालले भने, ‘एक हप्तासम्म सचेत गराइन्छ ।’
यदी सुझाव नटेरेको खण्डमा ट्राफिक नियम मिचेको भनेर कारवाही प्रक्रिया अघि बढाउने बताउँदै ढकालले भने, ‘यसमा ५ सय देखि १५ सयसम्म जरिवाना लिन्छौं ।’

४ महिनामा उपत्यकामा ५९ जनाको मृत्यु

सवारी दुर्घटनाको तथ्याङ्क हेर्ने हो भने काठमाडौं उपत्यकामा मात्र हरेक वर्ष डेढ सय जनाले ज्यान गुमाइरहेका छन् भने सयौंको संख्यामा घाइते भइरहेका छन् ।

चालू आर्थिक वर्षको ४ महिनामा सवारी दुर्घटनामा परी ५९ जनाले ज्यान गुमाएको तथ्याङ्कमा उल्लेख गरिएको छ । त्यस्तै १ सय ५ जना गम्भीर घाइते र ३ हजार जना गम्भीर घाइते भएका छन् ।

प्रकाशित मिति : २० पुस २०७६, आइतबार  २ : ३९ बजे

भैरहवा विमानस्थल नखुलेपछि रविलाई चितवनतर्फ लगियो

काठमाडौं- मौसममा खराबी हुँदा रुपन्देहीस्थित भैरहवा विमानस्थल मौसम नखुलेपछि राष्ट्रिय

शेख हसीनाको सत्ता ढालेका उस्मान हादी : जसको हत्याले बंगलादेशभर निम्तियो हिंसा र विध्वंश

ढाका- बंगलादेशमा शेख हसिना विरोधी नेता शरीफ उस्मान हादीको मृत्युपछि

नेपालगञ्जका सार्वजनिक स्थानमा आगो ताप्ने प्रबन्ध

नेपालगञ्ज– चिसो बढ्न थालेपछि स्थानीय तहले नेपालगञ्जका सार्वजनिक स्थानमा आगो ताप्ने

शीतलहरबाट आठ हजार परिवार प्रभावित हुने

दोधारा चाँदनी- जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लामा आठ हजार ८७५

औरहीका किसानलाई अनुदानमा गहुँको बीउ

सिरहा– औरही गाउँपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा उन्नत जातको गहुँको बीउ