सेनाका लागि अधिग्रहण गरिएको जग्गामा नक्कली मोही खडा गर्नेविरुद्ध भ्रष्टाचार मुद्दा « Khabarhub

सेनाका लागि अधिग्रहण गरिएको जग्गामा नक्कली मोही खडा गर्नेविरुद्ध भ्रष्टाचार मुद्दा


२० पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेनाका लागि अधिग्रहण गरिएको जग्गामा नक्कली मोही कायम गरी आर्थिक अनियमितता गर्ने ५ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

धनुषाको तत्कालीन भरतपुर गाविसमा गुठीको स्वामित्वमा रहेको जग्गा सेनाका लागि अधिगृहण गरिएकोमा गुठी संस्थानको जनकपुर शाखा कार्यालय कर्मचारीको मिलेमतोमा नक्कली मोही कायम गरी ७७ लाख १ हजार ६ सय ६७ रुपैयाँ मुआब्जाका नाममा वितरण गरिएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानबिनका क्रममा गुठी संस्थानको जनकपुर शाखाका तत्कालीन कार्यालय प्रमुख राजबाबु पाण्डे समेतको मिलेमतोमा भ्रष्टाचार भएको देखिएको हो ।

अख्तियारका अनुसार गुठी संस्थानको जनकपुर शाखा प्रमुख पाण्डेले १९ लाख ३० हजार रुपैयाँ घुस लिएर यागत्री देवी जयसवाललाई मोही कायम गरेर ७७ लाख १ हजार ६ सय ६७ रुपैयाँ मुआब्जाको नाममा निकासा गरेका थिए ।

उक्त प्रकरणमा गुठी संस्थान जनकपुर शाखाका तत्कालीन सहायक प्रमुख मनोजकुमार शर्मा भनिने मनोजकुमार आचार्यले ६ लाख ५० हजार रुपैयाँ तथा वरिष्ठ लेखा सहायक हरिचन्द्र भुसालले ४ लाख ३० हजार रुपैयाँ घुस लिएका अख्तियारले जनाएको छ ।

यस्तै, यस्तै बिचौलियाको भूमिका निर्वाह गरेका सुमनकान्त ठाकुरले पटक पटक गरी नक्कली मोहीका नाममा ६३ लाख ३६ हजार ६ सय ६७ रुपैयाँ भुक्तानी दिलाएका थिए ।

यस्तै नक्कली मोही खडा गरिएकी गायत्री देवी जयसवालका छोरा शत्रुधन जयसवालले २७ असार २०६९ मा गुठी संस्थानबाट मुआब्जा वापतको रकम भनेर १२ हजार ८१ लाख ६ सय ६७ रुपैयाँ लिएकोमा १२ लाख ५० आफूले लिइ ७ लाख ३५ हजार रुपैयाँ संस्थानका कर्मचारीलाइ घुस दिएका थिए ।

अख्तियारले नक्कली मोही बनाइएकी जयसवालविरुद्ध ५६ लाख १ हजार ६ सय ६७ रुपैयाँ बिगो कायम गरी ८ वर्ष कैद सजाय मागदाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ । यस्तै, उनका छोरा शत्रुधनविरुद्ध ७ लाख ३५ हजार रुपैयाँ बिगो कायम गरी मुद्दा दर्ता भएको छ ।

अख्तियारले नक्कली मोही कायम गर्ने प्रकरणमा संलग्न ठाकुरविरुद्ध ६३ लाख ३६ हजार ६ सय ६७ रुपैयाँ बिगो कायम गर्दै भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

गुठी संस्थान जनकपुरका तत्कालीन प्रमुख पाण्डेविरुद्ध १९ लाख ३० हजार रुपैयाँ बिगो कायम गरी ४ वर्षसम्म कैद सजाय मागदाबी गरेको छ ।

यस्त, गुठी संस्थान जनकपुर शाखाका तत्कालीन सहायक प्रमुख मनोजकुमार शर्मा भनिने मनोजकुमार आचार्यविरुद्ध ६ लाख ५० हजार रुपैयाँ बिगो कायम गरी २ वर्ष ६ महिना कैद सजाय मागदाबी गरिएको छ । गुठी संस्थान जनकपुरका तत्कालीन वरिष्ठ लेखा सहायक हरिचन्द्र भुसालविरुद्ध ४ लाख ३० हजार रुपैयाँ बिगो कायम गरी १ वर्ष ६ महिना कैद सजाय मागदाबी गरेको छ ।

प्रकाशित मिति : २० पुस २०७६, आइतबार  ५ : ४१ बजे

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागूऔषधका

कैलाली– कैलालीको धनगढीस्थित विधि विज्ञान प्रयोगशालामा परीक्षणका लागि आउने अधिकांश

‘प्लेयर अफ द सिरिज’ जित्ने विश्वकै कान्छा खेलाडी बने वैभव : तोडियो सचिनको रेकर्ड

काठमाडौँ – भारतीय युवा ब्याटर वैभव सूर्यवंशी अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमै

चिकित्सक संघको आन्दोलनले अस्पताल सेवा प्रभावित (तस्बिर)

काठमाडौँ– नेपाल चिकित्सक संघले वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा

स्वास्थ्यकर्मी सुरक्षा ऐन संशोधन मस्यौदामा सुझाव दिने आज अन्तिम दिन

काठमाडौँ –‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६’ संशोधनका लागि

स्वास्थ्यकर्मीमाथिको कुटपिटप्रति मन्त्रालय गम्भीर, सुरक्षित वातावरण बनाउन आग्रह

काठमाडौँ – स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालयले पछिल्ला केही दिनयता चिकित्सक,