ए डिभिजन लिग फुटबलः मनाङ र मछिन्द्रको अग्निपरीक्षा ! « Khabarhub

ए डिभिजन लिग फुटबलः मनाङ र मछिन्द्रको अग्निपरीक्षा !


२० पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सहिद स्मारक ए डिभिजन लिग अन्तरगत पाँचौ चरणका खेल शुरु हुँदैछन् ।

पाँचौं चरणसम्म आइपुग्दा सोमबार साविक विजेता मनाङ मर्स्याङ्दी र मछिन्द्रबीच भिडन्त हुँदैछ । यो भिडन्त ए डिभिजन लिगकै सबैभन्दा प्रतिक्षित खेलका रुपमा हेरिएको छ ।

किनकी साविक विजेता मनाङमा रहेका अधिकांश खेलाडी यो लिगमा मछिन्द्रबाट खेल्दैछन् । त्यसैल दर्शकका लागि मात्र रोचक भन्दा पनि स्वयं खेलाडी र दुबै क्लबका लागि आफूलाई बलियो प्रमाणित गर्नुपर्ने ठूलो चुनौती छ ।

खेल ३ बजे रंगशालामा हुनेछ । कप्तान विराज महर्जनसहित १२ जना खेलाडीले एकै पटक मछिन्द्रमा जाँदा मनाङ कमजोर भएको आँकलन गरिएको थियो । तर, मनाङ अपराजित रहँदै शीर्ष स्थानमा छ।

कमल श्रेष्ठले नेतृत्व गरिरहेको मनाङलाई आफ्ना पूर्व सहकर्मीहरुसँग जीत हात पार्नुपर्ने मुख्य चुनौती छ । यता नयाँ जोस सहित आएको मछिन्द्रका खेलाडीले पनि जसरी पनि जित्नैपर्ने ‘ईख’ छ । शीर्ष स्थानको मनाङलाई पराजित गर्दै आफ्नो उपाधि यात्रालाई अगाडि बढाउने लक्ष्यमा मछिन्द्र छ ।

यी दुई टोलीले जुनसुकै हालतमा पनि जित हात पार्ने योजनामा छन् । यस खेललाई दुबै क्लबका लागि ‘प्रतिष्ठा’को लडाईका रुपमा समेत हेरिएको छ ।

समान ४ खेल खेलेका यी दुवै टोलीले ३ खेलमा जीत र एक खेलमा बराबरी खेलेका छन् । तर, मछिन्द्र अघिल्लो बर्ष लिगको अन्तिम दोस्रो स्थानमा रहेका कारण १ अंक घटेपछि अहिले जम्मा ९ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

यस अघि पाँचौं चरणको पहिलो खेलमा न्यूरोड टिम एनआरटी र जावलाखेल युथ क्लब भिड्नेछन् । खेल मध्यान्न १२ बजेबाट शुरु हुनेछ । लिगमा अन्डरडगका रुपमा देखिएको जावलाखेल स्पष्ट ३ अंकको खोजीमा रहेको छ ।

लिगमा ८ अंकसहित चौथो स्थानमा रहेको जावलाखेल एनआरटीलाई पराजित गर्दै शिर्ष स्थानमा उक्लिने लक्ष्यमा छ भने ४ अंकसहित आठौं स्थानमा रहेको एनआरटी शीर्ष ६ मा अटाउने योजनामा रहेको छ ।

शनिबार देखि शुरु हुनुपर्ने पाँचौ चरणका खेल वर्षाका कारण सोमबारका लागि सारिएका हुन् ।

प्रकाशित मिति : २० पुस २०७६, आइतबार  ६ : ५१ बजे

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज