ए डिभिजन लिग फुटबलः मनाङ र मछिन्द्रको अग्निपरीक्षा ! « Khabarhub

ए डिभिजन लिग फुटबलः मनाङ र मछिन्द्रको अग्निपरीक्षा !


२० पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सहिद स्मारक ए डिभिजन लिग अन्तरगत पाँचौ चरणका खेल शुरु हुँदैछन् ।

पाँचौं चरणसम्म आइपुग्दा सोमबार साविक विजेता मनाङ मर्स्याङ्दी र मछिन्द्रबीच भिडन्त हुँदैछ । यो भिडन्त ए डिभिजन लिगकै सबैभन्दा प्रतिक्षित खेलका रुपमा हेरिएको छ ।

किनकी साविक विजेता मनाङमा रहेका अधिकांश खेलाडी यो लिगमा मछिन्द्रबाट खेल्दैछन् । त्यसैल दर्शकका लागि मात्र रोचक भन्दा पनि स्वयं खेलाडी र दुबै क्लबका लागि आफूलाई बलियो प्रमाणित गर्नुपर्ने ठूलो चुनौती छ ।

खेल ३ बजे रंगशालामा हुनेछ । कप्तान विराज महर्जनसहित १२ जना खेलाडीले एकै पटक मछिन्द्रमा जाँदा मनाङ कमजोर भएको आँकलन गरिएको थियो । तर, मनाङ अपराजित रहँदै शीर्ष स्थानमा छ।

कमल श्रेष्ठले नेतृत्व गरिरहेको मनाङलाई आफ्ना पूर्व सहकर्मीहरुसँग जीत हात पार्नुपर्ने मुख्य चुनौती छ । यता नयाँ जोस सहित आएको मछिन्द्रका खेलाडीले पनि जसरी पनि जित्नैपर्ने ‘ईख’ छ । शीर्ष स्थानको मनाङलाई पराजित गर्दै आफ्नो उपाधि यात्रालाई अगाडि बढाउने लक्ष्यमा मछिन्द्र छ ।

यी दुई टोलीले जुनसुकै हालतमा पनि जित हात पार्ने योजनामा छन् । यस खेललाई दुबै क्लबका लागि ‘प्रतिष्ठा’को लडाईका रुपमा समेत हेरिएको छ ।

समान ४ खेल खेलेका यी दुवै टोलीले ३ खेलमा जीत र एक खेलमा बराबरी खेलेका छन् । तर, मछिन्द्र अघिल्लो बर्ष लिगको अन्तिम दोस्रो स्थानमा रहेका कारण १ अंक घटेपछि अहिले जम्मा ९ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

यस अघि पाँचौं चरणको पहिलो खेलमा न्यूरोड टिम एनआरटी र जावलाखेल युथ क्लब भिड्नेछन् । खेल मध्यान्न १२ बजेबाट शुरु हुनेछ । लिगमा अन्डरडगका रुपमा देखिएको जावलाखेल स्पष्ट ३ अंकको खोजीमा रहेको छ ।

लिगमा ८ अंकसहित चौथो स्थानमा रहेको जावलाखेल एनआरटीलाई पराजित गर्दै शिर्ष स्थानमा उक्लिने लक्ष्यमा छ भने ४ अंकसहित आठौं स्थानमा रहेको एनआरटी शीर्ष ६ मा अटाउने योजनामा रहेको छ ।

शनिबार देखि शुरु हुनुपर्ने पाँचौ चरणका खेल वर्षाका कारण सोमबारका लागि सारिएका हुन् ।

प्रकाशित मिति : २० पुस २०७६, आइतबार  ६ : ५१ बजे

इनिशा हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै संयुक्त नागरिक पार्टीको

काठमाडौं– इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कडा कारबाहीको माग गर्दै

‘कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर’ भन्दै माइतीघरमा प्रदर्शन

काठमाडौं– भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक

स्वास्थ्य बीमाको सास्ती : अनुभवी मन्त्रीको प्रयासमा पनि फुकेन गाँठो

काठमाडौं- जेन-जी आन्दोलनपछिको विषम परिस्थिति सम्हाल्न गत भदौ २७ गते

नाइजेरियामा आत्मघाती आक्रमण : २३ जनाको मृत्यु, सयभन्दा बढी घाइते

एजेन्सी– उत्तरपूर्वी नाइजेरियामा भएको आत्मघाती आक्रमणमा २३ जनाको मृत्यु हुनुका

श्रीलंकामा इन्धन संकट, सरकारी कार्यालय बुधबार बन्द रहने

एजेन्सी– श्रीलंकाले देशमा देखिएको इन्धन अभाव व्यवस्थापन गर्न सरकारी क्षेत्रका