नाइजेरियामा आत्मघाती आक्रमण : २३ जनाको मृत्यु, सयभन्दा बढी घाइते « Khabarhub

नाइजेरियामा आत्मघाती आक्रमण : २३ जनाको मृत्यु, सयभन्दा बढी घाइते


३ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– उत्तरपूर्वी नाइजेरियामा भएको आत्मघाती आक्रमणमा २३ जनाको मृत्यु हुनुका साथै एक सय भन्दा बढी घाइते भएको प्रहरीले मंगलबार जनाएको छ ।

यस अघि सैन्य केन्द्रमा भएको आक्रमण र डिसेम्बरमा मस्जिदमा भएको बम विष्फोट र आक्रमणहरूले सहर अशान्त बनेको छ भने नाइजेरियाको लामो समयदेखि चलिरहेको विद्रोह ग्रामीण भित्री इलाकामा धकेलिएपछि समस्या झनै बढेको छ । 

बोको हराम र प्रतिद्वन्द्वी जिहादी समूह इस्लामिक स्टेटले वेस्ट अफ्रिका प्रोभिन्स (आइएसडब्लुएपी) का लडाकुहरूले हालै उत्तरपूर्वी नाइजेरियामा आक्रमण बढाएको जनाइएको छ ।

उनीहरूको १६ वर्ष देखिको यो अभियानले ४० हजार भन्दा बढी मानिसहरूको ज्यान लिएको छ भने करिब २० लाख विस्थापित भएका छन् ।

प्रहरी प्रवक्ता नाहुम केनेथ दासोले प्रारम्भिक अनुसन्धानले घटना संदिग्धहरूले गरेको खुलासा गरेको उल्लेख गरे भने विज्ञप्ति जारी गर्दै  प्रहरीले घटनाको पुष्टि गरेको छ । 

एक जिहादी विरोधी सदस्यलाई उदृत गर्दै एएफपीले विस्फोटबाट मृत्यु हुनेहरूको सङ्ख्या ३१ पुगेको हुन सक्ने बताएको छ ।

आक्रमणकारीहरूले सहरको मुख्य बजार, मैदुगुरी विश्वविद्यालय शिक्षण अस्पतालको गेट र  हुलाक कार्यालय फ्लाइओभर वरपरको क्षेत्रमा आक्रमण गरेको जनाइएको छ ।  

मंगलबारको बयानमा प्रहरीले प्रभावित क्षेत्रहरूको सामान्य अवस्था पुनःस्थापित गरी सकेको र सुरक्षा बलले मैदुगुरी र यसको वरपरको क्षेत्रमा थप घटना हुन नदिन निगरानी बढाएको बताएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०८२, मंगलबार  १ : ४८ बजे

बालेनलाई रविको निर्देशन : बाढीपीडितको अपमान गर्नेलाई सरकार निर्मम छ भन्ने देखाउनुस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री

अमेरिकी सेनाद्वारा थप पाँच इरानी तेल ट्यांकर ध्वस्त

एजेन्सी– अमेरिका र इरानबीच जारी सैन्य संघर्ष थप चर्किएको छ।

‘भोटेकोशी बाढीमा परेकाहरू प्राकृतिक विपत्तिका मृतक होइनन्, जलवायु अन्यायका पीडित हुन्’

काठमाडौं- सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भदौ

मोदी खोलामा बजेको खतराको घण्टी !

गण्डकी– हिमनदी भत्केर भोटेकोशी–त्रिशूली नदीमा गएको प्रलयकारी बाढीले निम्ताएको शोक

‘विवादित पात्रलाई जेन-जीको मञ्चमा किन ल्याइयो, सरकारले जवाफ दिनुपर्छ’

काठमाडौं- जेन-जी आन्दोलनका अगुवा मिराज ढुङ्गानाले जेनजी सहिदहरूको स्मृति सभाको