१ हजार जरिवाना तिरेर छुटे १ सय २२ चिनियाँ नागरिक « Khabarhub

१ हजार जरिवाना तिरेर छुटे १ सय २२ चिनियाँ नागरिक


२० पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीको नियन्त्रणमा रहेका १ सय २२ जना चिनियाँ नागरिक जनही एक हजार रुपैयाँ जरिवाना तिरेर छुटेका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले आइतबार जरिवाना तिराएर छाड्न आदेश दिएसँगै उनीहरु छुटेका हुन् ।

चिनियाँ नागरिकको कुनै कसूर नभेटेको भन्दै अभद्र व्यवहारसम्बन्धी मुद्दामा अनुसन्धानको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।

सरकारी वकिलको रायअनुसार चिनियाँ नागरिकले कसूर स्वीकारेकाले एक हजार रुपैयाँ जरिवाना गराउने आदेश दिइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए ।

दाहालले दिएको आदेशमा भनिएको छ, ‘प्रतिवादीले आरोप सकारेको हुनाले थप बुझ्नु पर्ने देखिएन ।’

अभद्र व्यवहारसम्बन्धी कसूरमा १० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने कानूनी व्यवस्था छ ।

नेपाल प्रहरीले चीनसँग समन्वय गरेर गत पुस ७ गते काठमाडौंमा संयुक्त अपरेशन गरी अवैध गतिविधमा संलग्न रहेको आशंकामा बालाजु आसपासका क्षेत्रबाट एकै दिन १ सय २२ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति : २० पुस २०७६, आइतबार  ७ : ०४ बजे

काभ्रेपलाञ्चोकका किसान मल्चिङ विधिबाट कफीखेती गर्दै

धुलिखेल– आम्दानीको मुख्य स्रोत कफीखेतीलाई बनाउँदै आएका काभ्रेपलाञ्चोकका महाभारत गाउँपालिकाका

संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड

काठमाडौं– पूर्वराष्ट्रपति रामवरण यादवले नेपालको संविधान उत्कृष्ट रहेको बताउँदै त्यसको

महोत्तरीमा चार लाख ३१ हजार मतदाता कायम

जलेश्वर– जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गरेको छ ।

जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो

एजेन्सी – ऊर्जा मूल्यमा आएको गिरावट र खाद्य पदार्थको मूल्य

‘महाधिवेशनको निर्णय एकता र विजयको प्रतीक’

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशनका निर्णयहरू संविधान,