न्याय दिलाउनुको सट्टा प्रहरीले उल्टै घुस मागेपछि… « Khabarhub

न्याय दिलाउनुको सट्टा प्रहरीले उल्टै घुस मागेपछि…


२० पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सामान्यतया : आम नागरिक न्याय खोज्न प्रहरी कार्यालय जान्छन् । शान्ति सेवा सुरक्षणमको मर्मअनुसार काम गर्ने प्रहरीले न्याय दिलाउँछ भन्ने विश्वास पनि उत्तिकै छ ।

तर प्रहरीले नै न्याय दिएन भने त्यो विश्वास कहाँ बाँकी रहला । यस्तै भएको छ, एक सेवाग्राहीलाई । ठगीमा परे भन्दै प्रहरी समक्ष पुगेका एक सेवाग्राहीसँग उल्टै घुस मागेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय अपराध महाशाखा काठमाडौँका प्रहरी निरीक्षक जय नेपाल थापाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

महाशाखामा दर्ता रही जिल्ला अदालत काठमाडौँबाट पक्राउ पुर्जी जारी भई प्रतिवादी उपर कानूनबमोजिम पक्राउ गर्नुपर्नेमा त्यसो नगरी ठगी भएको रकम असुल गराउने वातावरण मिलाइदिएवापत थापाले सेवाग्राहीसँग रु ४० हजार घुस मागेको आयोगको भनाइ छ ।

आयोगको कार्यालय टङ्गालबाट गएको टोलीले प्रहरी निरीक्षक थापालाई घुस लिँदालिँदै पक्राउ गरेको थियो । आफ्नो जिम्मेवारी र पदीय दायित्वविपरित ठगी मुद्दामा ठगी भएको रकम उठाइदिन वकिललाई दिनुपर्ने रकम भनी पीडितबाट पैसा मागेको अनुसन्धानबाट खुलेको आयोगको भनाइ छ ।

आयोगले बिगो अनुसार कारवाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति : २० पुस २०७६, आइतबार  ९ : ०० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै