मिचिएको भूमि फिर्ता ल्याउन सङ्कल्प प्रस्ताव दर्ता « Khabarhub

मिचिएको भूमि फिर्ता ल्याउन सङ्कल्प प्रस्ताव दर्ता


२२ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- सुदूरपश्चिम प्रदेशसभा सचिवालयमा भारतले मिचेको नेपालको भूमि कालापानी फिर्ता गराउन माग गर्दै मङ्गलबार सङ्कल्प प्रस्ताव दर्ता गरिएको छ ।

प्रदेशसभामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सदस्य कर्णबहादुर मल्ल प्रस्तावक, भरतबहादुर खड्का र टेकबहादुर रैका समर्थक रहेको सङ्कल्प प्रस्ताव दर्ता भएको प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीले जानकारी दिए ।

भारतले नेपालको सुदूरपश्चिम प्रदेशको लिम्पियाधुरा कालापानीलाई आफ्नो नक्सामा समावेश गरेको तथ्यप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै उक्त सङ्कल्प प्रस्तावमा भूमि फिर्ता गराई राष्ट्रिय अखण्डता जोगाउन सङ्कल्प प्रस्तावलाई पारित गरी केन्द्र सरकार र प्रदेश सरकारले मिचिएको भूमि भारतीय नक्साबाट हटाउन पहल गरोस् भन्ने माग गरिएको छ ।

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार  ७ : ३८ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर