मुस्ताङमा छैन कोरोनाको चिन्ता | Khabarhub Khabarhub

मुस्ताङमा छैन कोरोनाको चिन्ता


२२ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ- छिमेकी मुलुक चीनको तिब्बतसँग जोडिएको हिमालपारिको जिल्ला मुस्ताङमा कोरोना भाइरसको कुनै प्रभाव परेको छैन ।

चीनसँग नाका जोडिएका अन्य जिल्लामा उच्च सतर्कता अपनाइएको भए पनि मुस्ताङ जिल्लाभर कुनै प्रभाव नदेखिएको प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले जानकारी दिए ।

उनका अनुसार बाक्लो हिमपातका कारण उत्तरी मुस्ताङमा दुई सातादेखि आवतजावतसमेत ठप्प छ । उत्तरी मुस्ताङ र तिब्बत जोड्ने कालीगण्डकी करिडोरमा बाक्लो हिमपातका कारण सडक यातयात पूरै ठप्प भएको हो ।

कोरल्ला नाकासमेत पूर्णरूपमा बन्द भएका कारण छिमेकी देश चीनमा फैलिएको कोरोना भाइरसको प्रभावसमेत परेको छैन । उत्तरी मुस्ताङलाई जोड्ने कालीगण्डकी करिडोरमा बाक्लो हिउँ जमेको छ । लोघेकर दामोदरकुण्ड गाउँपालिकाको केन्द्र चराङ्गसम्मको हिउँ सफा गरिएको प्रजिअ अर्यालले बताए ।

लोमान्थाङ गाउँपालिकामा भने हिउँ पन्छाउने काम हुनसकेको छैन । कालीगण्डकी नदीमा समेत बाक्लो हिउँ जमेपछि खोलैखोला सञ्चालन हुने यातयातसमेत बन्द छ ।

लोघेकर दामोदरकुण्ड गाउँपालिकाले चराङ्गसम्मको हिउँ सफा गरिसकेको र चराङ्गदेखि माथिल्लो क्षेत्रको हिउँ लोमान्थाङ गाउँपालिकाले सफा गर्ने सहमति भएको छ । गाउँपालिकाले एक/दुई दिनभित्र हिउँ सफा गरेर सडक सञ्चालन गर्ने तयारीमा रहेको प्रजिअ अर्यालले बताए ।

जाडो शुरु भएपछि मुस्ताङी बेँसी झर्ने गर्दछन् । सिङ्गो लोमान्थाङ गाउँपालिकाभर १०० भन्दा बढी मानिस जाडोयाममा बसेका छैनन् । भेडा, च्याङ्ग्रा र घर कुर्नका लागि केही मानिस बसे पनि सबै बेँसीमा झरेका छन् । कोरल्ला नाकासमेत बन्द भएका कारण कोरोना भाइरसको समेत प्रभाव परेको छैन ।

यसैबीच प्रसिद्ध धार्मिक पर्यटकीय गन्तव्य मुस्ताङको मुक्तिक्षेत्रमा शनिबार सुरक्षाकर्मीलगायतले सरसफाइ तथा हिउँ पन्छाउने काम गरेका छन् । जिल्ला प्रशासन कार्यालय मुस्ताङको समन्वयमा सैनिक उच्चशिखर शिक्षालयका सैनिक जवान, सशस्त्र प्रहरी, नेपाल प्रहरी, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप पर्यटक चेकपोष्ट र स्थानीयवासीलगायतबाट मुक्तिनाथको पहिलोद्वारदेखि मन्दिर परिसरको बाटोमा थुप्रिएको हिउँ पन्छाइएको हो ।
लगातार तीनपटक परेको हिमपातले मुक्तिनाथ रानीपौवा बजारदेखि मुक्तिनाथद्वारसम्मको करीव दुई किलोमिटर पैदल बाटोमा दुई फिट हिउँ जमेपछि तीर्थालुलाई मन्दिर पुग्न कठिनाइ परेको थियो ।

रानीपौवा बजारदेखि मुक्तिनाथसम्मको दूरीमा बाक्लो हिउँ जमेकाले मुक्तिनाथ दर्शन गर्ने तीर्थालुलाई असहज हुँदै आएको थियो । बजारबाट मन्दिर जाने जीर्ण उकालो बाटो त्यसमाथि हिउँको चापले स्वदेशी तीर्थालुभन्दा भारतीय तीर्थालुलाई बढी समस्या पर्दै आइरहेको थियो । बाँक्लो हिउँमा पैदलयात्रा गर्दा तीर्थालुलाई लडेर चोटपटक लाग्ने गथ्र्यो ।

हिउँले भरिएको पैदलमार्गमा स्थानीयवासीले तीर्थालुलाई बोकर वा स्ट्रेचरमा राखेर लाने र ल्याउने गरेका थिए ।

सुरक्षाकर्मीले बाटोको हिउँ पन्छाएपछि तीर्थालुलाई अब आउजाउमा केही सजिलो भएको प्रहरी नायब उपरीक्षक तुलबहादुर कार्कीले बताए ।

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार  ९ : ५७ बजे

धरान उपमहानगरको बजेट पारित गर्ने प्रक्रिया अगाडि बढ्यो

धरान – लामो समयदेखि बजेटविहीन बनेको धरान उपमहानगरपालिकाले चालु आर्थिक

निषेधित क्षेत्रमा अनुमति लिएर भ्रमण गरेका पर्यटकबाट ३० करोड राजश्व

गण्डकी – पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)मा

भारतका प्रधान न्यायाधीश गवई भेटघाटमा व्यस्त, न्यायिक सहकार्यमा जोड

काठमाडाैं – भारतका प्रधान न्यायाधीश भूषण रामकृष्ण गवई नेपाल भ्रमणमा

एमालेमा विद्यालाई रोक्न नहुने मत बलियो, समूह छलफलमा प्रदेश अध्यक्ष समेतले गरे नेतृत्वको आलोचना

काठमाडाैं । नेकपा एमालेको दोस्रो विधान महाधिवेशनअन्तर्गत प्रस्तुत विभिन्न प्रतिवेदनहरूमा

इन्द्रजात्राको महाकाली नाचमा सहभागी कलाकारहरू (तस्बिरहरू)

काठमाडौं – इन्द्रजात्रामा महाकाली नाचको प्रस्तुतिमा सहभागी कलाकारहरूले इन्द्रजात्राको क्रममा