एमसीए नेपालले जारी गर्‍यो विद्युत प्रसारण लाइनका लागि जग्गा अधिग्रहणको सूचना « Khabarhub

एमसीए नेपालले जारी गर्‍यो विद्युत प्रसारण लाइनका लागि जग्गा अधिग्रहणको सूचना


२२ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गतको मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल (एमसीए–नेपाल) ले निर्माणाधिन विद्युत प्रसारण लाइनका लागि जग्गा अधिग्रहरणको सूचना प्रकाशन गरेको छ ।

जिल्ला प्रशासन कार्यालय नुवाकोटले साविकको रातमाटे गाविस वडा नम्बर ६ र ९ तथा हालको बेलकोटगढी नगरपालिका वडा नम्बर ७ मा विभिन्न व्यक्तिको नाममा रहेको जग्गा अधिग्रहरणका लागि सूचना प्रकाशन गरेको हो ।

४०० केभी को सबस्टेशन निर्माणको लागि जग्गा र यसमा रहेका संरचनाहरु स्थायी रुपमा प्राप्त गर्न पर्ने भएकोले जग्गा प्राप्ति ऐन, २०३४ को दफ ९ बमोजिम सूचना प्रकाशन गरिएको जनाइएको छ ।

१ सय ९४ जनाको नाममा रहेको जग्गा अधिग्रहरण हुन लागेको सूचनामा जनाइएको छ । सम्बन्धित जग्गाधनीहरुले आफै वा अख्तियार प्राप्त वारेस मार्फत मुआब्जा बुझ्नका लागि आ–आफ्नो हकदैया वा भोगचलन सम्बन्धी निस्सा तथा प्रमाणसहित उपस्थित हुन सूचनामा आग्रह गरिएको छ ।

अमेरिका र नेपालबीच भएको मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी) सम्झौता अनुसार परियोजना सुरु हुनु अगावै सरकारले जग्गा अधिग्रहणको काम पूरा गरिसक्नुपर्ने उल्लेख छ ।

एमसीसीको पूर्ण कार्यान्वयनलाई लागि सम्झौतालाई संसदबाट पास गर्नुपर्ने प्रावधान सम्झौतामा रहेको छ । संसदबाट पास भएपछि भने एमसीसी पूर्ण रुपमा कार्यान्वयनमा आउनेछ ।

पाँच वर्षभित्र यो परियोजना सकिनेछ । तर, संसदबाट पास गर्ने विषयमा सत्तारुढ दल नेकपामा विवाद देखिएको छ ।

केही दिन अघि सकिएको नेकपाको केन्द्रीय कमिटी बैठकले एमसीसीमा देखिएको समस्या समाधानका लागि समिति नै गठन गरेको छ । तर, प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीले भने एमसीसी चाँडै संसदबाट पास हुने जनाउँदै आएका छन् भने चालू संसदको अधिवेशनबाट एमसीसी पास गर्नुपर्ने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बताउँदै आएको छ ।

यस्तो छ सूचना

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार  १२ : १९ बजे

सुत्केरी र शिशुलाई घरदैलोमै स्वास्थ्य सेवा

सिरहा– सिरहाको लहान नगरपालिकाले मातृ–शिशु स्वास्थ्यलाई प्राथमिकता दिँदै सुत्केरी र

पर्वहरूले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले माघे सङ्क्रान्ति जस्ता पर्वले सम्पूर्ण नेपालीबीच

निर्वाचन ४९ दिन बाँकीः कस्तो छ सुरक्षा रणनीति ?

काठमाडौं – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित

आज माघे संक्रान्ति पर्व मनाइँदै

काठमाडौं– आज माघ महिनाको पहिलो दिन अर्थात माघे संक्रान्ति ।

निर्विरोध सभापति भएपछि गगन थापाले भने-कांग्रेसको शान राख्छु

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाले