एनटीसीको एउटा डाटा प्याक अब ६ महिनासम्म चलाउन पाइने « Khabarhub

एनटीसीको एउटा डाटा प्याक अब ६ महिनासम्म चलाउन पाइने


२२ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकम (एनटीसी)ले आफ्नो १६ औं वार्षिकोत्सवको अवसर पारेर डाटा र भ्वाइस प्याकमा नयाँ अफर सार्वजनिक गरेको छ ।

जसअनुसार अब नेपाल टेलिकमको डाटा प्याक एक पटक किनेपछि ६ महिनासम्म चलाउन पाइने भएको छ । एनटीसीले ६ महिना (१८० दिन)सम्म चलाउन मिल्ने गरी ३ हजार रुपैयाँमा ६९ जीबीको डाटा प्याक उपलब्ध गराउने भएको छ ।

यस्तै, ३ महिना (९०) दिनसम्म चलाउन मिल्ने गरी १ हजार ६ सय रुपैयाँमा ३० जीबी डाटा प्याक पनि खरिद गर्न मिल्ने भएको छ ।

एनटीसीले विभिन्न दरका रिचार्ज कार्ड किन्दा डाटा भोल्युम बोनस पाउने सुविधा पनि ल्याएको छ । जसअनुसार एनटीसीका प्रयोगकर्ताले २०० रुपैयाको रिचार्ज कार्ड किन्दा २०० एमबी डाटा बोनस पाउनेछन् भने ५ सय रुपैयाँको रिचार्ज कार्ड किन्दा ५०० एमबी नै डाटा प्याक बोनसमा पाउनेछन् । यस्तै, १००० रुपैयाँको रिचार्ज कार्ड किन्दा १००० एमबी डाटा बोनसमा पाइने भएको छ ।

रिचार्ज कार्डमा डाटा बोनस प्राप्त गर्ने स्किम भने २२ देखि २४ माघसम्म मात्रै लागू हुने छ । तर, १६ वार्षिकोत्सवका लागि जारी भएका अन्य योजना भने आगामी चैत ३० गतेसम्म लागू हुने छन् ।

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार  १२ : ४२ बजे

प्रतिनिधिसभा बैठक : उद्योगमन्त्रीले मौखिक प्रश्नको जवाफ दिने

काठमाडौं- प्रतिनिधिसभाको बैठक प्रारम्भ भएको छ । आजको बैठकमा उद्योग,

उद्धव थापालाई पदमुक्त गर्न राप्रपाको पत्र, कारबाही अघि बढाउन उपसभामुखको आनाकानी

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभा सदस्य तथा

एमालेले रोपिदिएको कलहको बिउले राप्रपामा भाँडभैलो, बागमतीमा दुईतिर बाँडिए प्रदेश सभा सदस्य

काठमाडौं- बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले सोमबार प्रदेशसभाबाट

प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान

काठमाडौं– प्रधान सेनापति अशोकराज सिग्देलले नेपाली सेनाको उपरथीमा पदोन्नति भएका

परराष्ट्रमन्त्री खनाल सर्बिया जाने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल भदौ १४ गते तीन सदस्यीय नेपाली प्रतिनिधिमण्डलको