वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन « Khabarhub

वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन


२२ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन भएको छ। शर्माको उपचारका क्रममा आज (बुधबार) निधन भएको हो ।

२४ वर्षअगाडि ओपन हार्ट सर्जरी गरिएका शर्मालाई इन्फेक्सन भएपछि उपचारका लागि गंगालाल अस्पताल लगिएको थियो ।

गंगालालमा ५ दिनसम्म उपचारपछि उनलाई मंगलबार राति मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो। मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भेन्टिलेटरमा राखेर उपचार भइरहँदा शर्माको आज निधन भएको हो ।

शर्माको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

शर्माका २ छोरा र श्रीमती छन् ।

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार  १२ : ४७ बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२