चर्चामा विपिनको ‘सेल्फी किङ’ र विराजको ‘साङ्लो’, कसले मार्ला बाजी ? | Khabarhub Khabarhub

चर्चामा विपिनको ‘सेल्फी किङ’ र विराजको ‘साङ्लो’, कसले मार्ला बाजी ?


२२ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दशैंयता बक्स अफिसमा नेपाली फिल्मले आशा गरिएअनुरुपको व्यापार गर्न सकेका छैनन् । पछिल्लो समय रिलिज भएको दीपेन्द्र लामा निर्देशित फिल्म ‘छ माया छपक्कै’ पछि कुनै पनि फिल्मले बक्स अफिसमा कमाल गर्न सकेका छैनन् ।

यतिबेला भने दुई फिल्मको चर्चा छ । दुवै फिल्मले सुनसान हलमा दर्शक तान्ने अनुमान पनि गरिएको छ । आउँदो शुक्रवारबाट प्रदर्शनमा आउन लागेका दुई फिल्म ‘साङ्लो’ र ‘सेल्फी किङ’ दर्शकको रुचिका हिसाबले केही फरक भए पनि एकसाथ रिलिज हुने भएपछि व्यवसायिक रुपमा केही न केही घाटा त दुवै फिल्मलाई हुन्छ ।

यद्यपि दर्शकलाई दुईमध्ये कुन फिल्म बढी मन पर्ला? यो भने अहिलेका लागि धेरैको चासोको विषय हो ।

विराज भट्ट । तस्वीर – अर्घेलो थापा/खबरहब

विराज भट्ट निर्देशित ‘साङ्लो’ को राम्रै चर्चा छ । फिल्म युनिटले सार्वजनिक गरेका गीत, ट्रेलर र पोस्टरले दर्शकलाई फिल्मप्रति उत्साहित बनाएको छ । तर, यो फिल्मले दर्शक कति तान्न सक्नेछ, त्यो भने हेर्न बाँकी छ ।

विराज स्वयमले निर्देशन र निर्माण गरेको यो फिल्म धेरै दर्शकका लागि चासोको फिल्म बनिरहेको छ । मिडियामा विराजले पनि यो फिल्म स्तरीय बनेको भन्दै खुबै तारिफ गरिरहेका छन् ।

‘साङ्लो’को एक दृश्यमा विराज भट्ट ।

विराजको दाबी अनुसार दर्शकले लामो समयपछि एक स्तरीय फिल्म हेर्न पाउनेछन् ।

‘साङ्लो’ मा दर्शकले एक्सन, रोमान्स र विराज भट्टको सिक्स प्याक बडी देख्न पाउनेछन् । मसालेदार र ‘लार्जर देन लाइफ’ फिल्म मन पराउनेका लागि यो फिल्म खुराक बन्न सक्ने धेरैको अड्कल छ ।

फिल्ममा निकिता चाण्डकको पनि शीर्ष भूमिका छ । उनी सन् २०१७ मिस नेपाल विजेता हुन् । विराज र निकिताका कारणले फिल्मको चर्चा छ ।

शुक्रवारबाटै प्रदर्शन हुन लागेको फिल्म ‘सेल्फी किङ’ को पनि चर्चा छ । फिल्ममा विपिन कार्कीको शीर्ष भूमिका रहेको छ । यो फिल्ममा विपिनले एक हास्यकलाकारको भूमिका निभाएका छन् । चंखे पात्रको भूमिका निभाएका विपिनका अलावा, लक्ष्मी बर्देवा, जीवन भट्टराई, अभय बराल, भुवन चन्द, कमल देवकोटा लगायतका कलाकारले अभिनय गरेका छन् ।

चलिआएको धारभन्दा फरक खालका फिल्म रुचाउने दर्शकले यो फिल्म मन पराउने निर्माण टिमको लक्ष्य छ । फिल्मलाई वास्तविक बनाउने प्रयास गरिएको निर्माण टिम बताउँछ । विपिन यो फिल्मको कथाले आफूलाई निकै छोएको बताउँदै आएका छन् ।

फिल्मलाई विशाल सापकोटाले लेखेका हुन् । साथै फिल्मको निर्देशन पनि उनैले गरेका हुन् । अमेरिकामा फिल्म मेकिङ पढेर नेपाल फर्किएका विशाल यो फिल्म स्तरीय र इमोसनल बनेको तर्क गर्छन् ।

मल्टिप्लेक्स हलमा ‘सेल्फी किङ’ ले धेरै शो पाउने अवस्था छ भने सिङ्गल थिएटरमा विराज भट्टको फिल्म ‘साङ्लो’ ले आक्रामक व्यापार गर्ने अनुमान गरिएको छ । भलै फिल्मले कस्तो व्यापार गर्नेछ, र कुन फिल्म व्यावसायिक हिसाबले अगाडि रहनेछ, त्यो हेर्न पनि धेरै दिन कुर्नुपर्ने छैन ।

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार  १ : ११ बजे

नेपाल वायुसेवा निगमद्वारा असोज मसान्तसम्मको जहाजको ऋण भुक्तानी

काठमाडौं – नेपाल वायुसेवा निगमले २०८२ असोज मसान्तसम्मको जहाजको ऋण

दक्षिण कोरियामा हुने शिखर वार्तामा चिनियाँ समकक्षी सीसँग भेट्ने ट्रम्पको भनाइ

वासिङ्टन – दक्षिण कोरियामा हुने एपेक शिखर सम्मेलनका क्रममा चीनका

पोखरा विश्वविद्यालयबाट पहिलोपटक एआइ विषयमा स्तानक कार्यक्रम सञ्चालन

काठमाडौं – पोखरा विश्वविद्यालयले पहिलोपटक आङ्गिक क्याम्पसबाट कृत्रिम बौद्धिकता र

जनकपुरमा गोली चल्यो

धनुषा – जनकुपरमा गोली चलेको छ । जनकपुर उपमहानगरपालिका–७ स्थित

माइकल फोले एनसेलको नयाँ सीईओमा नियुक्त

काठमाडौं — एनसेलको नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ)का रूपमा माइकल