बालुवाटारको ‘सारङ्गी साँझ’ बारे प्रचण्डको जवाफ– कुनै अर्थ नखोज्नु होला दुःख हुन्छ « Khabarhub

बालुवाटारको ‘सारङ्गी साँझ’ बारे प्रचण्डको जवाफ– कुनै अर्थ नखोज्नु होला दुःख हुन्छ


२२ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार बालुवाटारमा आयोजित’‘सारङ्गी साँझ’ मा आफू उपस्थित नहुनु संयोग बाहेक केही नभएको बताएका छन् ।

प्रेस संगठन नेपालले कास्कीमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले ‘सारङ्गी साँझ’ मा सहभागी नभएको अर्थ खोज्न थाले दुःख हुने बताए ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी ओली, झलनाथ खनाल, माधव नेपालसहितको सांगितिक माहोलको फोटो सामाजिक सञ्जालमा भाइरल भइरहेको सन्दर्भमा एक पत्रकारले कार्यक्रममा सहभागी नहुनु संयोग कि नियोजित भन्दै प्रश्न गरेका थिए ।

‘संयोग भन्दा पनि हिजो म विहान बालुवाटारमा थिएँ । प्रधानमन्त्री ज्यूले भरे यहाँ एउटा कार्यक्रम छ आउनै पर्‍यो भन्नु भयो’ प्रचण्डले भने,‘ मैले त पोखरा जाने कार्यक्रम बनाइसके अलि पहिलाकै कार्यक्रम हो म त बस्न नसक्ने भएँ भने ।’

त्यतिबेला प्रधानमन्त्रीले आफूलाई कार्यक्रमबारे विशेष सोच रहेको बताएको प्रचण्डले उल्लेख गरे ।

‘तपाईं आउँनै पर्थ्यो मैले अलि विशेष ढंगले सोचेको थिए भन्नु भएको थियो’प्रचण्डले भने,‘यो संयोगबाहेक केही होइन । कुनै अर्थ नखोज्नु होला दुःख हुन्छ ।’

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार  ४ : ४५ बजे

झापा र नवलपरासीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु, एकको अवस्था गम्भीर

बनियानी– झापा र नवलपरासीमा भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा दुई जनाको

बालेन भन्छन्– देशलाई इमानदार नेतृत्व चाहिएको छ

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

चालु आवमा ८५ आयोजनाको बजेट सुरक्षित : दुई दर्जन योजना अलपत्र

काँक्रेविहार– चालु आर्थिक वर्षमा कार्यान्वयन गर्न कर्णाली प्रदेश सरकारले आवश्यकता

कांग्रेस देउवा पक्षले पत्रकार सम्मेलन गर्दै

काठमाडौं– नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क