होण्डाको नयाँ शोरुम अब हेटौंडामा | Khabarhub Khabarhub

होण्डाको नयाँ शोरुम अब हेटौंडामा


२२ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– होण्डा मोटरसाइकल, स्कूटर तथा गाडीका लागि नेपालको एकमात्र अधिकृत बिक्रेताका साथै ज्योति ग्रुपको एक अग्रणी कम्पनी, स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. ले यही माघ २२ गतेका दिन रुद्रपथ, हेटौंडामा होण्डा बाइकको लागि आफ्नो नयाँ थ्रि एस डिलरशिप “टाइमस् अटोहब प्रा.लि” को उद्घाटन गरेको छ ।

मकवानपुरमा अवस्थित होण्डाको एकमात्र आधिकारिक उक्त शोरुमलाई मकवानपुर उद्योग वाणिज्यका अध्यक्ष श्री कृष्ण कटुवाल, स्याकार ट्रेडिङ्गका लागि होण्डा मोटरसाइकलका जेनेरल म्यानेजर  सोहन श्रेष्ठ र स्याकार ट्रेडिङ्गका लागि स्पेयर पार्टस्का जेनेरल म्यानेजर  मुकुन्द श्रेष्ठले संयुक्तरुप उद्घाटन गरेका थिए ।

ग्राहकहरुका लागि बिक्री, सर्भिस र स्पेयर्स पार्टस्मा उच्चस्तरीय सेवा प्रदान गर्न टाइमस् अटोहब प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ । होण्डाका ग्राहकहरुले अब नेपालकै सबैभन्दा सस्तो ९.९९% को ब्याजदरमा सरल र सहज हिसाबले “सोही दिन कर्जा सुविधा” समेत प्राप्त गर्न सक्नेछन् । सोही अवसरमा प्रबन्धक निर्देशक शिवराम श्रेष्ठले टाइमस् अटोहब, ग्राहकहरुको अपेक्षा पूरा गर्न हरेक पल तत्पर रहेको जानकारी गराए ।

स्याकार ट्रेडिङ्ग कम्पनी प्रा.लि. ज्योति ग्रुपकै एक भाग हो । सन् १९७६ मा स्याकार कम्पनी लि. को रुपमा स्थापित यस कम्पनी आजको दिनमा होण्डा मोटरसाइकल, स्कूटर, कार तथा पावर प्रोडक्टका लागि नेपालमा एक मात्र अधिकृत बिक्रेताको रुपमा स्थापित भएको छ ।

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार  ५ : ३५ बजे

प्रदेश सरकारले पुनः निर्माण कोषमा ४० करोड जम्मा गर्ने

विराटनगर – कोशी प्रदेश सरकारले पुनःनिर्माण कोषमा रु ४० करोड

भारतलाई हराउँदै बंगलादेश साफ च्याम्पियनसिपको सेमिफाइनलमा

काठमाडौं – बंगलादेश साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ ।

विश्वकप छनोटका लागि नेपाली महिला क्रिकेट टोलीको घोषणा

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइसीसी यु–१९ महिला

सुगम नगरको दुर्गम बस्ती

कञ्चनपुर – यहाँको भीमदत्त नगरपालिका–९ खल्लाकी निर्मला खड्काको पाँच कट्ठा

गोसाइँकुण्डमा हिमपात सुरु

रसुवा – गोसाइँकुण्ड क्षेत्रमा हिमपात सुरु भएको छ । लौरीविनायकभन्दा