बुधबार नेप्सेमा सामान्य सुधार « Khabarhub

बुधबार नेप्सेमा सामान्य सुधार


२२ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्सेमा सामान्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ५.३१ अङ्कले बढेर एक हजार ३४२.३६ मा पुगेको छ । सेन्सेटिभ परिसूचक ०.९३ अङ्कले घटेर २८५.९२ मा पुगेको छ ।

परिसूचक वृद्धि भए पनि कारोबार रकम एक अर्बमै सीमित भएको छ । आज कुल १७७ कम्पनीका ३२ लाख ६० हजार १९८ कित्ता शेयर रु एक अर्ब आठ करोड २४ लाख ८३ हजार ९०९ मा खरिदबिक्री भयो ।

कारोबार भएका कुल १२ मध्ये आठ उपसमूहको शेयर उकालो लागेको छ । सबैभन्दा बढी होटल उपसमूहको शेयर ५३ अङ्कले बढेको छ । बैंकिङ ३.७७, व्यापार २८.०४, जीवन बीमा ३८.२६, वित्त ५.४, निर्जीवन बीमा २६.४८, अन्य ११.१३ र लघुवित्त ६.०२ अङ्कले बढेको छ ।

विकास बैंक २.२३, जलविद्युत् ६.१२, उत्पादन ११.०७ र सामूहिक लगानी कोषको शेयर ०.१३ मा घटेको छ । कारोबार रकमका आधारमा सिभिल बैंक शीर्ष स्थानमा रह्यो । सो बैंकको रु १३ करोड ६ लाख १२ हजार १२९ मा खरिदबिक्री भयो ।

यस्तै नागरिक लगानी कोषको रु छ करोड २३ लाख ३८ हजार १३६, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी रु पाँच करोड ९० लाख ८० हजार ६४५, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु चार करोड आठ लाख ६० हजार १७३, सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको रु दुई करोड ५७ लाख चार हजार ५३८, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु दुई करोड ५५ लाख २० हजार ४६१ र नेको इन्स्योरेन्सको शेयर रु दुई करोड २७ लाख ३५ हजार ९१३ मा खरिदबिक्री भयो ।

सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले आज सबैभन्दा बढी ९.९७ प्रतिशतले कमाए । सिभिल बैंकको ८.७८, नागरिक लगानी कोषको ७.०८, कर्णाली डेभलपमेन्ट बैंक ६.२५, रिलायन्स फाइनान्स ४.९६, साल्ट ट्रेडिङ कर्पोरेशन ४.४० र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको शेयर ४.०८ प्रतिशतले कमाए ।

आज सबैभन्दा बढी नेशनल हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ६.२५ प्रतिशतले गुमाए । नेपाल हाइड्रो डेभलपर्स ६.०१, सानिमा माई हाइड्रोपावर ५.२८, दिव्यश्वरी हाइड्रोपावर ५.२६, सप्तकोशी डेभलपमेन्ट ४.६३ र हिमालयन पावर पार्टनर कम्पनीका लगानीकर्ताले ३.८९ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार  ६ : ३२ बजे

काठमाडौं–दुबई उडान आज रातिदेखि पुनः सञ्चालनमा

काठमाडौं- फ्लाई दुबईले बुधबार रातिदेखि दुबई–काठमाडौं–दुबई उडान पुनः सञ्चालन गर्ने

मध्यपूर्वको युद्धमा बालबालिकाको थप क्षति हुनुहुँदैन : राष्ट्रसङ्घ

जेनेभा– बाल अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय समितिले मध्यपूर्वको युद्धको क्रममा इरानी

भरतपुर माविलाई बनाइयो नमूना मतदानस्थल

काठमाडौं– बिहीबार हुने प्रतिनिधिसभा निर्वाचनका लागि चितवनस्थीत भरतपुर माविलाई नमूना

६ प्रकारका सरकारी कागजातमध्ये एक सक्कलप्रतिले मतदान गर्न पाइने

काठमाडौं– बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाता परिचयपत्र

मध्यपूर्वको परिस्थितिका कारण नेपालमा आयोजना हुने लिग-२ का खेलहरू स्थगित

काठमाडौं- नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइसिसी क्रिकेट विश्वकप लिग-२