बुधबार नेप्सेमा सामान्य सुधार | Khabarhub Khabarhub

बुधबार नेप्सेमा सामान्य सुधार


२२ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्सेमा सामान्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ५.३१ अङ्कले बढेर एक हजार ३४२.३६ मा पुगेको छ । सेन्सेटिभ परिसूचक ०.९३ अङ्कले घटेर २८५.९२ मा पुगेको छ ।

परिसूचक वृद्धि भए पनि कारोबार रकम एक अर्बमै सीमित भएको छ । आज कुल १७७ कम्पनीका ३२ लाख ६० हजार १९८ कित्ता शेयर रु एक अर्ब आठ करोड २४ लाख ८३ हजार ९०९ मा खरिदबिक्री भयो ।

कारोबार भएका कुल १२ मध्ये आठ उपसमूहको शेयर उकालो लागेको छ । सबैभन्दा बढी होटल उपसमूहको शेयर ५३ अङ्कले बढेको छ । बैंकिङ ३.७७, व्यापार २८.०४, जीवन बीमा ३८.२६, वित्त ५.४, निर्जीवन बीमा २६.४८, अन्य ११.१३ र लघुवित्त ६.०२ अङ्कले बढेको छ ।

विकास बैंक २.२३, जलविद्युत् ६.१२, उत्पादन ११.०७ र सामूहिक लगानी कोषको शेयर ०.१३ मा घटेको छ । कारोबार रकमका आधारमा सिभिल बैंक शीर्ष स्थानमा रह्यो । सो बैंकको रु १३ करोड ६ लाख १२ हजार १२९ मा खरिदबिक्री भयो ।

यस्तै नागरिक लगानी कोषको रु छ करोड २३ लाख ३८ हजार १३६, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी रु पाँच करोड ९० लाख ८० हजार ६४५, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु चार करोड आठ लाख ६० हजार १७३, सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको रु दुई करोड ५७ लाख चार हजार ५३८, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु दुई करोड ५५ लाख २० हजार ४६१ र नेको इन्स्योरेन्सको शेयर रु दुई करोड २७ लाख ३५ हजार ९१३ मा खरिदबिक्री भयो ।

सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले आज सबैभन्दा बढी ९.९७ प्रतिशतले कमाए । सिभिल बैंकको ८.७८, नागरिक लगानी कोषको ७.०८, कर्णाली डेभलपमेन्ट बैंक ६.२५, रिलायन्स फाइनान्स ४.९६, साल्ट ट्रेडिङ कर्पोरेशन ४.४० र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको शेयर ४.०८ प्रतिशतले कमाए ।

आज सबैभन्दा बढी नेशनल हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ६.२५ प्रतिशतले गुमाए । नेपाल हाइड्रो डेभलपर्स ६.०१, सानिमा माई हाइड्रोपावर ५.२८, दिव्यश्वरी हाइड्रोपावर ५.२६, सप्तकोशी डेभलपमेन्ट ४.६३ र हिमालयन पावर पार्टनर कम्पनीका लगानीकर्ताले ३.८९ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार  ६ : ३२ बजे

जिरोनामाथि बार्सिलोनाको रोमाञ्चक जित

काठमाडौं – स्पेनिश लालिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले

काठमाडौं उपत्यकामा स्वरुप परिर्वतन गरिएका २७५ बाइक नियन्त्रणमा

काठमाडौं – उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्वरुप परिर्वतन गर्ने २७५

एभर्टनविरुद्ध म्यानचेस्टर सिटीको सहज जित, हालान्ड बने नायक

म्यानचेस्टर – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा

गोरखा बजारबाट २० किलोग्राम पटका बरामद

गोरखा – प्रहरीले गोरखा बजारबाट २० किलोग्राम पटका बरामद गरेको

साहित्यकार दाहाल र अधिकारी दम्पती सम्मानित

काठमाडौं – बनेपा जनगालस्थित सयपत्री प्रतिष्ठान नेपालले शिक्षाविद्, वरिष्ठ साहित्यकार