भरतपुर विमानस्थलमा स्वास्थ्य कक्ष « Khabarhub

भरतपुर विमानस्थलमा स्वास्थ्य कक्ष


२२ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- नोबल कोरोना भाइरसबाट बच्न भरतपुर विमानस्थलमा आजदेखि स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा ल्याइएको छ । भरतपुर महानगरपालिकाको जनस्वास्थ्य प्रवद्र्धन शाखाको संयोजनमा कक्ष सञ्चालनमा ल्याइएको हो ।

नागरिक उड्डययन प्राधिकरण भरतपुरले मङ्गलबार महानगरपालिकालाई पत्रचार गरी स्वास्थ्य कक्ष सञ्चालन गरिदिन अनुरोध गरेको थियो । प्राधिकरण, महानगरपालिका र स्वास्थ्य कार्यालय चितवनको सहकार्यमा सो कक्ष स्थापना गरिएको हो ।
महानगरपालिकाको जनस्वास्थ्य प्रवद्र्धन शाखाका सहसंयोजक सूर्य तिवारीका अनुसार एक चिकित्सक, एक प्यारामेडिक्स र एक नर्सिङ स्टाफ कक्षमा छन् । उनीहरुले जहाजबाट झरेका यात्रुको अबस्था बुझेर शङ्कास्पद देखिएमा तत्काल अस्पताल पठाउने छन् ।

चीन र चीन ‘ट्रान्जिट’ भएर विदेशबाट आएका यात्रु र रुघाखोकी लागेका यात्रुको स्वास्थ्य परीक्षण गरिनेछ । ती बिरामीमा कोरोना भाइरसको लक्षण देखिएमा भरतपुर अस्पतालमा रहेको ‘आइसोलेसन’ कक्षमा पठाइने व्यवस्था मिलाइनेछ ।

नागरिक उड्डययन प्राधिकरण भरतपुरका प्रमुख पवनकुमार गौतमले चितवन पर्यटकीय जिल्लासमेत भएकाले विदेशी र स्वदेशी यात्रु धेरै आउने भएकाले जोखिम हुनसक्ने भन्दै बेलैमा सजग भएर स्वास्थ्य कक्ष स्थापना गरिएको बताए ।

भरतपुर विमानस्थलबाट काठमाडौँ र पोखरा दैनिक ११ वटा उडान हुँदै आएका छन् । ती जहाजबाट दैनिक ८०० हाराहारी यात्रु आवतजावत गर्दछन् ।

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार  ८ : ०५ बजे

परराष्ट्रमन्त्री खनालसँग साउदी राजदूत मोनैखिरको भेट

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद

पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान

काठमाडौं– नेपाल पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान गरिएको छ ।

विकल्पविहीन भएपछि सरकारले उठिबास लगाएका सुकुम्वासी रोज्दैछन् मृत्यु

काठमाडौं- सुकुम्वासीसँग प्रधानमन्त्री वालेन्द्र शाहको इगो नयाँ होइन । उनी

किएभमा रूसी हमलामा १२ जनाको मृत्यु

एजेन्सी- युक्रेनको राजधानी किएभ र आसपासका क्षेत्रमा रूसले गरेको लामो

‘’नीतिगत निर्णय’ को कानुनी जटिलता नफुकाए मन्त्रिपरिषदका निर्णयमाथि अनुसन्धान गर्न सकिँदैन’

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले ’नीतिगत