गैँडाकोटका जनप्रतिनिधिले सेवा सुविधा नलिने « Khabarhub

गैँडाकोटका जनप्रतिनिधिले सेवा सुविधा नलिने


२२ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी- गैँडाकोट नगरपालिकाका जनप्रतिनिधिले सेवा सुविधा नलिने भएका छन् ।

नगरपालिकाको छैठौँ नगरसभामा नगरप्रमुख छत्रराज पौडेलले प्रस्तुत गरेको सेवा सुविधा लिने बारेको प्रस्ताव नगरसभाले खारेज गरेको हो ।

जनप्रतिनिधिले तलब सुविधा लिन नपाउने संवैधानिक व्यवस्था भएकाले केही राहत मिलोस् भनेर समिति बनाएर सुविधा उपलब्ध गराउने तयारी गरिएको भए पनि नगरसभाले उक्त प्रस्ताव अस्वीकृत गरेको नगरप्रमुख पौडेलले बताए ।

नगरसभाले लेखा, सुशासन र विधेयक समिति गठन गर्ने प्रस्ताव अस्वीकृत गरेको छ ।

त्यस्तै नगरप्रमुख पौडेलले सभामा प्रस्तुत गरेको गैँडाकोट नगर शिक्षा विधेयक २०७६ अस्वीकृत भएको उनले जानकारी दिए ।

नगरमा आर्थिक पारदर्शिता राख्न, सुशासन कायम गर्न तथा आवश्यक विधान बनाउनका लागि निर्माण गरिएको समिति नगरसभाले खारेजी गरेको प्रति नगरप्रमुखले दुःख व्यक्त गे । शिक्षा सर्वसुलभ होस् भनेर ल्याइएको विधेयक अस्वीकृत भएको पौडेलको भनाइ छ ।

नगर उपप्रमुख विष्णुकुमारी कँडेलले काँग्रेसका मान्छे समितिमा नराखिएको भन्दै आफूहरुले नगरसभाबाट सबै प्रस्ताव अस्वीकृत गरेको बताए ।

नगर प्रमुख पौडेलले भने समितिमा काँग्रेस, नेकपा र जनमोर्चाबाट निर्वाचित भएका जनप्रतिनिधिलाई राखिएको बताए । गैँडाकोटको २८ सदस्यीय नगर कार्यपालिकामा १८ जना काँग्रेसबाट छन् भने ९३ सदस्यीय नगरसभामा ६८ काँग्रेसबाट निर्वाचित जनप्रतिनिधि छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहीबार  ६ : ०० बजे

आज २०८३ साल असोज २५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २५ गते आइतबार सन् २०२६

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले