कोरोना महामारी : ८४ मुलुकमा संक्रमण, ३२ सय ८५ को मृत्यु, ९५ हजार संक्रमित « Khabarhub

कोरोना महामारी : ८४ मुलुकमा संक्रमण, ३२ सय ८५ को मृत्यु, ९५ हजार संक्रमित


२२ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोनाभाइरसबाट मृत्यु हुने मानिसको संख्या ३२ सय ८५ पुगेको छ।

८४ वटा मुलुकमा कोरोनाको संक्रमणबाट ९५ हजार ४ सय ८१ जना मानिस संक्रमित भएका छन् । कोरोनाबाट चीनमा सबै भन्दा बढी ३ हजार १२ जनाको मृत्यु भएको छ । त्यहाँ ८० हजार ४ सय ३० मानिस संक्रमित भएका छन् ।

चीन बाहिर १४ वटा मुलुकमा २ सय ७३ जनाको मृत्यु भईसकेको छ । २ सय ७३ मध्ये ६ जनाको डायमण्ड प्रिन्सेस नामक जाहाजमा मृत्यु भएको छ ।

चीन बाहिर सबैभन्दा धेरै इटालीमा १ सय ७ जनाको मृत्यु भएको छ । त्यहाँ एकैदिन २८ जना संक्रमितको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १ सय ७ पुगेको हो ।

मृत्यु हुनेको संख्या १ सय ७ पुगेसँगै इटालीका सबै बिद्यालयहरु अनिश्चिकालका बन्द गरिएको बीबीसीले जनाएको छ । इटालीमा कोरोनाबाट संक्रमित हुनेको संख्या ३ हजार ८९ पुगेको छ ।

इरानमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ९२ पुगेको छ । थप १५ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ९२ पुगेको हो । त्यहाँ २९ सय २२ जनामा संक्रमण देखिएको छ ।

दक्षिण कोरियामा ३५ जनाको मृत्यु भएको छ । संक्रमित हुनेको संख्या अहिलेसम्म ५६ सय २१ छ ।

अमेरिकामा अरु २ जना संक्रमितको समेत मृत्यु भएपछि कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या ११ पुगेको छ । अरु १ सय ५८ जना संक्रमितको अवस्था पनि गम्भिर नै रहेको बताइएको छ ।

जापानमा ६ जना, फ्रान्समा ४ जना, हङकङ, स्पेन, इराक र अष्ट्रेलियामा २/२ जनाको मृत्यु भएको छ । थाइल्याण्ड, सनमारिनो, फिलिपिन्स र ताइवान १/१ जनाको मृत्यु भएको छ ।

चीनबाहिर १४ हजार ९ सय २ जनामा कोरोनाको संक्रमण देखिएको छ भने उपचारपछि घर फर्कने मानिसको संख्या ५३ हजार ६ सय ८८ छ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहीबार  ६ : २८ बजे

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत

सबैलाई शुभकामना, हामी आउँदैछौँ : बालेन

काठमाडौँ – काठमाडौँ महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूहरू आउँदै

कांग्रेस विशेष महाधिवेशनमा तन्नेरी आवाज : पार्टीमा अब नयाँ नेतृत्व

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन भृकुटीमण्डपमा देशधरबाट