कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय नाघेपछि इटालीका सबै बिद्यालय बन्द « Khabarhub

कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय नाघेपछि इटालीका सबै बिद्यालय बन्द


२२ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोनाभाइरसको प्रकोप चीनबाहिर सबैभन्दा बढि इटालीमा देखिएको छ ।

इटालीमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ सय ७ पुगेपछि सबै बिद्यालयहरु १० दिनका लागि बन्द गरिएको छ ।

पछिल्लो २४ घण्टामा इटालीमा थप २८ जनाको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ सय ७ पुगेको हो ।

संक्रमित हुने मानिसको संख्या ३ हजार ८९ छ । ५ सय ८७ जनामा संक्रमण देखिएपछि अस्पताल भर्ना गरिएसँगै संक्रमित हुनेको संख्या ३ हजार नाघेको हो ।

कोरोनाभाइरसको संक्रमण फैलिन नदिने प्रयासस्वरुप सबै विद्यालय बन्दको निर्णय गरिएको इटाली सरकारले जनाएको छ ।

यस्तै सबै व्यवसायिक खेलकुद प्रतिस्पर्धाहरु बन्द रंगशालामा हुने भएका छन् । यसरी बन्द रंगशालमा हुने खेलमा इटालियन सिरी ए फुटबल अन्तर्गतका खेलहरु छन् ।

रंगाशाला बन्द गरिदा दर्शकहरु नआउने र संक्रमण कम हुने ठानिएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहीबार  ७ : १४ बजे

बेगनास तालमा डुबेर युवकको मृत्यु

कास्की – पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा नुहाउने तथा पौडी

लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग

गुल्मी – बेलायतको लन्डनस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिले नेपालका बाढीपीडितको

तमोर नदीमा बगेर एक किशोर बेपत्ता

तेह्रथुम – यहाँको म्याङलुङ नगरपालिका–१ लुमुघाट स्थित तमोर नदीमा नुहाउने

आजका समाचार : कांग्रेस महाधिवेशनको तयारी पूरा, नयाँ भवन ऐन संसदमा दर्ता, अर्थमन्त्री अमेरिकातिर र ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाहप्रधानमन्त्री वालेन्द्र शाहले