रक्सी खानेलाई नलाग्ने होइन, मास्कले कोरोना संक्रमण रोक्दैन : डा रवीन्द्र समिर | Khabarhub Khabarhub

रक्सी खानेलाई नलाग्ने होइन, मास्कले कोरोना संक्रमण रोक्दैन : डा रवीन्द्र समिर


२२ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

विश्वभर कोरोना भाइरसको संक्रमण फैलदै गएको छ । कोरोना भाइरस सम्बन्धि गलत प्रचारले पनि कोरोनाको त्रास बढाएको छ । स्थानीय तहका सरकारी निकाय देखि सामाजिक सञ्जालहरुमा समेत कोरोना भाइरसको विषयमा धेरै कुराहरु आएका छन् ।

तर, कोरोना भाइरसको संक्रमण, यसबाट बच्ने उपायबारे हुने गलत भ्रम र यथार्तताबारे आज हामी तपाईलाई जानकारी गराउँदै छौं । जनस्वास्थ्य विज्ञ डाक्टर रवीन्द्र पाण्डे(समिर) ले कोरोना भाइरसको भ्रम र यर्थातबारे जनाकारी दिएका छन् ।

कोरोना संक्रमणबारे भ्रम र यथार्थता 

१. अल्कोहल खाए कोरोना भाइरस सर्दैन भन्ने भनाइ पूर्णतया गलत हो । अल्कोहल कन्टेन्ट ह्याण्ड-वास भनेको रक्सीले हात धुने हैन । स्पिरिट मिसिएको कपासले हात सफा गर्ने हो । कोरोना संक्रमित व्यक्तिले अल्कोहल खाएमा झनै खतरा हुन्छ ।

२. कोरोना भाइरस घरपालुवा जनाबारबाट सर्दैन ।

३. कोरोना भाइरस हावामा उडेर टाढाको मान्छेलाई सर्दैन । बढीमा ३ मिटरको दुरीमा रहेको कोरोना संक्रमण बिरामीले खोकेमा, छ्यु गरेमा ड्रपलेटबाट सर्न सक्छ । बिरामीका सामान तथा बिरामीले छोएको ठाउँबाट पनि सर्न कोरोना सर्न सक्छ ।

४. कोरोना सर्दैमा मृत्यु हुँदैन । धेरै जनालाई त कोरोना सरेर आफै निको भएको पनि हुन्छ । १०० जनालाई कोरोना संक्रमण भएमा १-२ जनाको मात्र मृत्यु हुन्छ ।

५. कोरोना संक्रमणले बुढाबुढी र अन्य दीर्घ रोगी सबैको मृत्यु हुने हैन । यो जोखिम समुहले बिशेष ख्याल गर्नुपर्छ । जुनसुकै उमेरको व्यक्तिलाई पनि जोखिम हुनसक्छ ।

६. मास्कले कोरोना संक्रमण रोक्न सक्दैन । सिधै सर्नबाट केहि बचाउने काम भने गर्दछ ।

७. चिनियासंग भेट्दैमा, चिनिया सामान प्रयोग गर्दैमा तथा चाइनिज खाना खाँदैमा कोरोना संक्रमण सर्दैन ।

८. बोर्डर सिल गर्दैमा कोरोना संक्रमण सर्दैन भन्ने ग्यारेन्टी हुँदैन ।

९. कोरोना बियर वा कोरोना व्हिस्की खाएर कोरोना संक्रमण निको हुँदैन । त्यो केवल नाम मात्र मिलेको हो, कोरोना स्कुल जस्तै ।

१०. एन्टिबायोटिकले कोरोना भाइरसलाई मार्न सक्दैन । यसको लागि प्राभावकारी एन्टी भाइरल औषधिको आवश्यकता हुन्छ ।

११. कोरोना भाइरस ल्याबमा बिकास गरेको हैन ।

१२. बाफले हात सुकाएर कोरोना भाइरस मर्दैन ।

१३. शरीरभरी अल्कोहल, क्लोरिन जस्ता केमिकल छार्दैमा कोरोना नसर्ने भन्ने हुँदैन ।

१४. बिश्व बजारमा आएको मिराकल मिनरल वाटर पिएर कोरोनाबाट बचिन्छ भन्ने भ्रम मात्र हो ।

१५. लसुन खाँदैमा कोरोना नसर्ने भन्ने हुँदैन ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहीबार  १ : ३७ बजे

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी, १३७ मुद्दा दायर

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८१/८२ मा

विश्व एक्वेटिक्समा चार पौडी खेलाडी

काठमाडौं – सिङ्गापुरमा आयोजना हुने विश्व एक्वेटिक्स च्याम्पियनसिपमा नेपालबाट चार

एडीबीको सहयोगमा बन्ने घट्टेखोला–धम्पुस–खानी गाउँ सडक शिलान्यास

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ को पर्यटकीय गाउँ धम्पुस पुग्ने प्रमुख

साताका समाचार : एमालेले छेक्यो विद्या भण्डारीलाई, तराई-मधेशमा चर्को खडेरी र युद्धमा उत्रिए थाइल्याण्ड र कम्बोडिया

पूर्वराष्ट्रपति भण्डारीको चेतावनी : मेरो सदस्यता केही मुठ्ठीभरहरूले रोक्न सक्दैनन्