भ्रमण स्थगित भएपछि सात प्रदेश संयोजकसहित सचिवालय बैठक लुम्बिनीमा « Khabarhub

भ्रमण स्थगित भएपछि सात प्रदेश संयोजकसहित सचिवालय बैठक लुम्बिनीमा


२२ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– कोरोना भाइरसको सङ्क्रमण व्यापक रुपले फैलिन थालेपछि नेपालमा पनि यसको रोकथामका लागि सरकारले पूर्वघोषित कार्यक्रम स्थगित गर्दै जान थालेको छ ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा दुई महिनाअघि मात्र औपचारिक घोषणा गरेको भ्रमण वर्ष स्थगित गर्ने घोषणा गरेको छ ।

कोरोना भाइरसको सम्भावित सङ्क्रमणको भयका कारण स्थगित भ्रमण वर्षका कार्यक्रम सञ्चालनका सन्दर्भमा छलफलका लागि भ्रमण वर्षका केन्द्रीय कार्यक्रम संयोजक सुरज वैद्य, सातै प्रदेशका संयोजक र सचिवालय सदस्य सहितको बैठक लुम्बिनीमा आज बसेको छ ।

बैठकमा कोरोनाको सङ्क्रमणका कारण नेपालको पर्यटन क्षेत्रमा परेको असर, यसलाई कसरी सामान्य बनाउने र आगामी कार्यक्रमलाई कुन रुपमा सञ्चालन गर्ने भन्ने विषयमा छलफल हुने भ्रमण वर्ष प्रदेशस्तरीय पर्यटन प्रवद्र्धन समितिका सहसंयोजक माधव नेपालले जानकारी दिए ।

भ्रमण वर्षका कार्यक्रम संयोजक तथा वरिष्ठ उद्योगपति सुरज वैद्यले विश्वभरि नै महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण नेपालमा पनि फैलिन सक्ने भन्दै भ्रमण वर्षका कार्यक्रम हाललाई स्थगित गरिएको बताए । भ्रमण वर्षको मुख्य उद्देश्य पर्यटन प्रवद्र्धन रहने भएकाले यो कुनै एउटा वर्षमा मात्र हुने नभई हरेक वर्ष कुनै न कुनै कार्यक्रमका रुपमा कार्यक्रम सञ्चालन हुनुपर्ने बताए ।

भ्रमण वर्ष प्रदेशस्तरीय पर्यटन प्रवद्र्धन समितिको बैठकका लागि लुम्बिनी आएका संयोजक वैद्यले बुधबार बुटवल र पाल्पाको प्रमुख पर्यटकीय गन्तव्य नुवाकोटगढीको अवलोकनपछि संक्षिप्त कुरा गर्दै भ्रमण वर्षका कार्यक्रम हाललाई स्थगित गरिए पनि स्थिति समान्य हुनासाथ निरन्तरता दिइने बताए । उनले भ्रमण वर्षमा पर्यटकीय गन्तव्यको पहिचान र पर्यटकीय पूर्वाधारमा समेत ध्यानाकर्षण गराउनुपर्नेमा आफूहरुको जोड रहेको बताए ।

नुवाकोटगढीको अवलोकनका क्रममा नुवाकोट विकास समितिका अध्यक्ष माधव नेपालले त्यहाँको ऐतिहासिक महत्व, पुरातात्विक संरचनाहरुको संरक्षणमा भएका प्रयास र नुवाकोटगढीको विकास योजनाका बारेमा जानकारी गराएका थिए ।

अध्यक्ष नेपालले भ्रमण वर्षको अवधिमा उक्त स्थानमा नेपालको वीरता झल्कने नेपालीले अङ्ग्रेज फौजसँग लड्न प्रयोग भएका हतियार खुकुरीको प्रतीक स्थापना गर्ने योजना प्रस्तुत गरे ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहीबार  १२ : १३ बजे

विभेद्जन्य गतिविधि गर्नेलाई कानुनी दायरामा ल्याइने छ : महानिरीक्षक कार्की

काठमाडौं – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले जाति तथा

आजका समाचार : कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग, मनाइयो इद, मौसममा सुधार हुँदै र अमेरिकाले इरानमाथिको दबाब घटाउने

पूर्वसभापति देउवा सिंगापुरबाट हङकङ प्रस्थाननेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर

उराँव समुदायले मनाए सरहुल पर्व

इनरुवा (सुनसरी)- सदरमुकाम इनरुवासहित सुनसरी जिल्लाका विभिन्न स्थानमा बसोबास गर्दै

राजकुमारका सिर्जनामा ‘सहअस्तित्व’को खोजी

काठमाडौं– एकसट्ठिऔँ अन्तरराष्ट्रिय जातीय तथा रङ्गभेद उन्मूलन दिवसका अवसरमा आज

भियतनाम निर्वाचन : गैरकम्युनिस्ट पार्टीका १८ सांसद निर्वाचित

हनोई- भियतनामको ५०० सदस्यीय संसदमा गैर–कम्युनिस्ट पार्टीका १८ सदस्यहरू निर्वाचित