भ्रमण स्थगित भएपछि सात प्रदेश संयोजकसहित सचिवालय बैठक लुम्बिनीमा « Khabarhub

भ्रमण स्थगित भएपछि सात प्रदेश संयोजकसहित सचिवालय बैठक लुम्बिनीमा


२२ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– कोरोना भाइरसको सङ्क्रमण व्यापक रुपले फैलिन थालेपछि नेपालमा पनि यसको रोकथामका लागि सरकारले पूर्वघोषित कार्यक्रम स्थगित गर्दै जान थालेको छ ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा दुई महिनाअघि मात्र औपचारिक घोषणा गरेको भ्रमण वर्ष स्थगित गर्ने घोषणा गरेको छ ।

कोरोना भाइरसको सम्भावित सङ्क्रमणको भयका कारण स्थगित भ्रमण वर्षका कार्यक्रम सञ्चालनका सन्दर्भमा छलफलका लागि भ्रमण वर्षका केन्द्रीय कार्यक्रम संयोजक सुरज वैद्य, सातै प्रदेशका संयोजक र सचिवालय सदस्य सहितको बैठक लुम्बिनीमा आज बसेको छ ।

बैठकमा कोरोनाको सङ्क्रमणका कारण नेपालको पर्यटन क्षेत्रमा परेको असर, यसलाई कसरी सामान्य बनाउने र आगामी कार्यक्रमलाई कुन रुपमा सञ्चालन गर्ने भन्ने विषयमा छलफल हुने भ्रमण वर्ष प्रदेशस्तरीय पर्यटन प्रवद्र्धन समितिका सहसंयोजक माधव नेपालले जानकारी दिए ।

भ्रमण वर्षका कार्यक्रम संयोजक तथा वरिष्ठ उद्योगपति सुरज वैद्यले विश्वभरि नै महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण नेपालमा पनि फैलिन सक्ने भन्दै भ्रमण वर्षका कार्यक्रम हाललाई स्थगित गरिएको बताए । भ्रमण वर्षको मुख्य उद्देश्य पर्यटन प्रवद्र्धन रहने भएकाले यो कुनै एउटा वर्षमा मात्र हुने नभई हरेक वर्ष कुनै न कुनै कार्यक्रमका रुपमा कार्यक्रम सञ्चालन हुनुपर्ने बताए ।

भ्रमण वर्ष प्रदेशस्तरीय पर्यटन प्रवद्र्धन समितिको बैठकका लागि लुम्बिनी आएका संयोजक वैद्यले बुधबार बुटवल र पाल्पाको प्रमुख पर्यटकीय गन्तव्य नुवाकोटगढीको अवलोकनपछि संक्षिप्त कुरा गर्दै भ्रमण वर्षका कार्यक्रम हाललाई स्थगित गरिए पनि स्थिति समान्य हुनासाथ निरन्तरता दिइने बताए । उनले भ्रमण वर्षमा पर्यटकीय गन्तव्यको पहिचान र पर्यटकीय पूर्वाधारमा समेत ध्यानाकर्षण गराउनुपर्नेमा आफूहरुको जोड रहेको बताए ।

नुवाकोटगढीको अवलोकनका क्रममा नुवाकोट विकास समितिका अध्यक्ष माधव नेपालले त्यहाँको ऐतिहासिक महत्व, पुरातात्विक संरचनाहरुको संरक्षणमा भएका प्रयास र नुवाकोटगढीको विकास योजनाका बारेमा जानकारी गराएका थिए ।

अध्यक्ष नेपालले भ्रमण वर्षको अवधिमा उक्त स्थानमा नेपालको वीरता झल्कने नेपालीले अङ्ग्रेज फौजसँग लड्न प्रयोग भएका हतियार खुकुरीको प्रतीक स्थापना गर्ने योजना प्रस्तुत गरे ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहीबार  १२ : १३ बजे

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर