महको शुद्धता जाँच्ने ५ उपाय « Khabarhub

महको शुद्धता जाँच्ने ५ उपाय


२२ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मह मावन स्वास्थ्यको लागि फाइदाजनक मानिन्छ ।

तर सक्कली मह चिन्न नसक्दा मानवस्वास्थ्य जोखिममा समेत पर्ने गरेका खबरहरु बेला/बेलामा बाहिरिन्छन् ।

पैसा कमाउन पल्केका ब्यापारीहरुले अर्गानीक महको नाममा चिनी घोलेर र अरु नै रसायन मिसाएर मह भन्दै विक्री गर्दा आमउपभोक्ता भने ठगिन छाडेका छैनन् ।

कसरी चिन्ने त सक्कली र नक्कली मह । थाहा पाउनोस् केही उपाय ।

१ आगोमा जल्छ

यदी शुद्ध मह छ भने आगोमा जल्छ । यसलाई आगोमा मिसाएर परीक्षण गर्न सकिन्छ । मह लगाएको कपास जल्यो भने त्यो मह शुद्ध मान्न सकिन्छ ।

२. तातो पानीमा घुल्दैन

तातो पानीले पनि बताइदिन्छ मह सक्कली हो वा नक्कली । महलाई चिन्ने सबैभन्दा राम्रो र सजिलो तरिका तातो पानी नै हो ।

मह पानीमा घुल्यो भने सम्झनुहोस् यसमा मिसावट छ । यदि पानीमा त्यो घुलेन भने मिसावट मुक्त मान्न सकिन्छ ।

३. टिस्यु पेपरले सोस्दैन

टिस्यु पेपरबाट पनि महको शुद्धता पत्ता लगाउँन सकिन्छ । शुद्धताको जाँच ब्लोटिङ वा टिस्यु पेपरबाट पनि गर्न सकिन्छ ।

यदि महमा पानीको मिसावट छ भने त्यो पेपरले पानी सोस्छ । शुद्ध मह भने पेपरको माथि नै रहन्छ ।

४. शुद्ध मह ब्रेडमा जमेर बसिरहन्छ

ब्रेडको सहयोगबाट पनि महको शुद्धता परीक्षण गर्न सकिन्छ । दैनिक खाने ब्रेड पनि महको परीक्षणमा सहायक हुने गर्छ ।

शुद्ध मह ब्रेडमा लगाउँदा जमेरै बस्छ ।

५. औंलाबीच मोटो तार बन्छ

औलाको सहयोगले जाँच महको एक थोपालाई बुढी औंला र चोर औंलाले च्याप्नुपर्छ । त्यसपछि बिस्तारै दुई औंला फट्याउनु पर्छ ।

 यस्तो हुँदा दुई औंलाबीच मोटो तार बन्यो भने त्यो मह शुद्ध मान्न सकिन्छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहीबार  १२ : ३० बजे

मुलुकको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्र मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको आर्थिक समृद्धिमा गैर आवासीय

शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ

काठमाडौं – शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय

पुनः आवागमन रोकेर धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति

काभ्रेपलाञ्चोक – अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डमा पुनः सवारीसाधन आवागमनमा

झापामा घरको छतबाट लडेर एक जनाको मृत्यु, एक घाइते

झापा – भद्रपुर नगरपालिका–६ सङ्गम चोकमा दुईतले पक्की घर भत्काउने

ट्रम्पले भने – हर्मुज जलडमरु खोल्न अमेरिका सक्षम हुँदैछ

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार हर्मुज जलडमरु सम्बन्धी