सेनाभित्रको अनियमितता बारेको छलफलमा रक्षामन्त्री र प्रधानसेनापति अनुपस्थित, बैठक स्थगित « Khabarhub

सेनाभित्रको अनियमितता बारेको छलफलमा रक्षामन्त्री र प्रधानसेनापति अनुपस्थित, बैठक स्थगित


२२ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेनाभित्रको अनियमितताबारे छलफल गर्न बोलाइएको संसदको राज्य व्यवस्था समितिको बैठकमा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल र प्रधानसेनापति पूर्णचन्द्र थापा उपस्थित नभएपछि बैठक स्थगित भएको छ ।

रक्षामन्त्री र प्रधानसेनापति उपस्थित नभएपनि रक्षा मन्त्रालयको तर्फबाट सचिव रेश्मीराज पाण्डे र सेनाका रथी सरद गिरीको नेतृत्वमा बैठकमा सहभागी भएका थिए ।

तर विभागीय मन्त्री र प्रधानसेनापति बोलाउँदा पनि नआएको भन्दै बैठक स्थगित गरिएको समिति सभापति शशी श्रेष्ठले जानकारी दिइन ।
‘उहाँहरु नआउनु भएपछि बैठक स्थगित गरिएको छ’ सभापति श्रेष्ठले भनिन् ।

बोलाइएका र सम्बन्धित व्यक्ति उपस्थित नभएपछि बैठक राख्नु र छलफल गर्नुको औचित्य नभएको आवाज सांसदहरुले उठाएपछि बैठक स्थगित गरिएको हो ।

नेपाली सेनाको मुख्यालय निर्माणका क्रममा व्यापक भ्रष्टाचार भएको उजुरी परेपछि समितिले चासो देखाएको थियो ।

राज्य व्यवस्था समितिले सेनाको भ्रष्टाचारबारे छानबिन गरी प्रतिवेदन तयार पार्न तीन सदस्यीय उजुरी सुनुवाई कार्यदल गरेको थियो । कार्यदलले आठ महिनाभन्दा बढी समय लगाएर गुनासो तथा उजुरी छानबिन गरेको हो ।

सत्तारुढ नेकपाका सांसदद्वय रेखा शर्मा, नवराज सिलवाल तथा प्रमुख विपक्षी दलका सांसद दिलेन्द्रप्रसाद बडू सदस्य रहेको कार्यदलले ५० वटा उजुरी छानबिन गरी बुधबार समितिलाई प्रतिवेदन बुझाएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहीबार  १२ : ४३ बजे

विभेद्जन्य गतिविधि गर्नेलाई कानुनी दायरामा ल्याइने छ : महानिरीक्षक कार्की

काठमाडौं – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले जाति तथा

आजका समाचार : कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग, मनाइयो इद, मौसममा सुधार हुँदै र अमेरिकाले इरानमाथिको दबाब घटाउने

पूर्वसभापति देउवा सिंगापुरबाट हङकङ प्रस्थाननेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर

उराँव समुदायले मनाए सरहुल पर्व

इनरुवा (सुनसरी)- सदरमुकाम इनरुवासहित सुनसरी जिल्लाका विभिन्न स्थानमा बसोबास गर्दै

राजकुमारका सिर्जनामा ‘सहअस्तित्व’को खोजी

काठमाडौं– एकसट्ठिऔँ अन्तरराष्ट्रिय जातीय तथा रङ्गभेद उन्मूलन दिवसका अवसरमा आज

भियतनाम निर्वाचन : गैरकम्युनिस्ट पार्टीका १८ सांसद निर्वाचित

हनोई- भियतनामको ५०० सदस्यीय संसदमा गैर–कम्युनिस्ट पार्टीका १८ सदस्यहरू निर्वाचित