नक्कली पासपोर्ट बोकेपछि चर्चित फुटबलर रोनाल्डिन्हो पक्राउ « Khabarhub

नक्कली पासपोर्ट बोकेपछि चर्चित फुटबलर रोनाल्डिन्हो पक्राउ


२२ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी–चर्चित ब्राजिलियन फुटबलर रोनाल्डिन्हो पक्राउ परेका छन् ।

उनी नक्कली कागजात प्रयोग गरेको आरोपमा पक्राउ परेका छन् । पाराग्वेको गृहमन्त्रालयका अनुसार भाइ रोबर्टोसहित उनलाई पक्राउ गरेर रिसोर्ट याच्ट एन्ड गल्फ क्लबमा राखिएको छ ।

रोनाल्डोनो र रोबर्टो दुवैले पाराग्वेको राहदानी बोकेको गोल डटकमले जनाएको छ ।

उनीहरु बसेको होटलमा बुधबार राति प्रहरीले छापा मारी पक्राउ गरेको हो । छापा मार्ने क्रममा रोनाल्डोनो र रोबर्टो दुवैबाट पाराग्वेको राहदानी बरामद गरेको मन्त्रालयले जनाएको छ ।

रोनाल्डिन्हो एक क्यासिनो मालिकको निम्तोमा पाराग्वेमा आएका थिए । रोनाल्डिन्होसित अहिले ब्राजिलको पासपोर्ट छैन । सन् २०१८ मा उनलाई वातावरणीय जरिवाना गरेसँगै उनको पासपोर्ट खोसिएको थियो ।

सन् २०१८ को नोभेम्बरमा यी दाजुभाइबाट ८५ करोड डलर जरिवाना असुल गरिएको थियो । रोनाल्डिन्हो सन् २००२ मा ब्राजिलले विश्वकप फुटबल जित्दा टिमका एक प्रमुख खेलाडी थिए ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहीबार  १२ : ५५ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना