आत्महत्या दुरुत्साहन मुद्दामा उत्तम सञ्‍जेलकी पत्‍नीसहित तीन जनाले पाए सफाइ « Khabarhub

आत्महत्या दुरुत्साहन मुद्दामा उत्तम सञ्‍जेलकी पत्‍नीसहित तीन जनाले पाए सफाइ


२२ फाल्गुन २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– समता स्कूलका सञ्चालक एवं अभियन्ता उत्तम सञ्‍जेलकी पत्नीसहित तीनजनाले आत्महत्या दुरुत्साहन मुद्दामा सफाइ पाएका छन् ।

बौद्ध कुमारीगालस्थित समता स्कुल र समता अस्पतालका सञ्‍चालक सञ्जेल पत्‍नी कलासहित तीनजनालाई आत्महत्या दुरुत्सान मुद्दामा काठमाडौँ जिल्ला अदालतले सफाइ दिएको हो ।

जिल्ला न्यायाधीश कमलप्रसाद पोखरेलको एकल इजलासले कला, अस्पतालमा कार्यरत तीर्थकुमारी र विद्यार्थी संगीतालाई पनि सफाइ दिएको हो ।

आत्महत्या दुरुत्साहन मुद्दामा अभियोगको दाबी नपुग्‍ने ठहर गर्दै सञ्जेलसहितलाई सफाइ दिएको हो ।

बौद्धस्थित समता अस्पतालमा कार्यरत बिमला तामाङले नौ महिनाअघि आत्महत्या गरेकी थिइन् । आत्महत्या गरेकी तामाङले सञ्जेल पत्नीलाई म्याडम र अन्य दुईको नाम पनि एक चिटमा उल्लेख गरेकी थिइन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहिबार  २ : ५१ बजे

क्षेत्रीय सुरक्षा सहकार्य सुदृढ गर्न श्रीलङ्काको जोड

काठमाडौं – श्रीलङ्काले बङ्गालको खाडी क्षेत्रमा आतङ्कवाद, लागूऔषध तस्करी, मानव

दलेर मेहन्दीको समर्थनमा अनुपम खेर र बादशाह, मन्त्रीको व्यवहारप्रति आपत्ति

काठमाडौं – भारतको उत्तराखण्डस्थित टिहरीको नरेन्द्रनगरमा आयोजित मेलामा प्रस्तुति दिने

हुलाक ठगीको आरोपमा पाकिस्तानी नागरिक पक्राउ

एजेन्सी– अमेरिकी हुलाक सेवालाई १२ करोड ६० लाख अमेरिकी डलरभन्दा

ठमेलमा विदेशी पर्यटकले पनि लगाए बडादसैँको टीका

काठमाडौँ– नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकले पनि नेपाली संस्कृति र

राष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहानको शुभ साइतमा यस वर्षको