आइएटा डाइभर्सिटी एण्ड इन्क्लुजन अवार्डको मनोनयन खुल्यो « Khabarhub

आइएटा डाइभर्सिटी एण्ड इन्क्लुजन अवार्डको मनोनयन खुल्यो


२२ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा, कतार – अन्तर्राष्ट्रिय हवाई यातायात संघ (आइएटा) ले आइएटा डाइभर्सिटी एण्ड इन्क्लुजन अवार्डको दोश्रो संस्करणका लागि मनोनयन खुलेको जानकारी दिएको छ ।

यस अवार्डले हवाई उद्योगका सर्वोत्कृष्ट व्यक्तित्वहरुलाई उनीहरुको योगदानको सम्मान गर्दछ । मनोनयन निम्न ३ श्रेणीका लागि खुला गरिएको छ :

इन्स्पिरेश्नल रोल मोडलः यो सम्मान उद्योगमा संलग्न वरिष्ठ पदमा रहेका उत्कृष्ट महिला कर्मचारीलाई प्रदान गरिनेछ जसले विविधता एवं समावेशीकरणको एजेन्डालाई साथ दिँदै हवाई क्षेत्रमा आफ्नो ठूलो योगदान पु¥याउनुभएको छ । हवाई उद्योगको सम्पूर्ण महिला सहभागीका लागि खुला रहने छ । (आइएटाका सदस्य एवं गैर–सदस्य)

हाई फ्लायरः उड्डयन क्षेत्रका उत्कृष्ट व्यक्तित्वलाई प्रदान गरिने यस सम्मान जसले आफ्नो नेतृत्व शैलीले विविधता एवं समावेशीकरणको पक्षमा ठोस कार्य गर्दै उद्योगमा सकारात्मक प्रभाव पारेका छन् । उड्डयन उद्योगका सम्पूर्ण कर्मचारीका लागि खुला रहने छ । ( आइएटाका सदस्य एवं गैर–सदस्य)

डाइभर्सिटी एण्ड इन्क्लुजन टिम अवार्डः उत्कृष्ट एयरलाइनलाई प्रदान गरिने यस सम्मान जसले विविधता एवं समावेशीकरणमा गरेको कार्यले परिवर्तन अनुभव गरेको छ । आइएटाका सम्पूर्ण सदस्य एयरलाइनका लागि खुला रहने छ ।

मनोनयन ३ मार्चदेखि ३० अप्रिल २०२० सम्म खुल्ला रहने छ । आइएटा डाइभर्सिटी एण्ड इन्क्लुजन अवार्ड २०१९ विजेता सम्मिलित स्वतन्त्र प्यानलको निर्णय अनुसार अवार्ड प्रदान गरिने छ । २०२० को अवार्ड २१–२३ जुन २०२० नेदरल्याण्ड्सको एम्स्टर्ड्याममा हुने आइएटाको ७६ औँ वार्षिक साधारण सभा एवं विश्व हवाई यातायात सम्मेलनमा प्रदान गरिने छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहीबार  ३ : १२ बजे

अनपेक्षित थिएन कप्तानगञ्ज घटना, कहाँ चुक्यो सुरक्षा संयन्त्र ?

काठमाडौं– सुनसरी जिल्लाको सुदूर दक्षिणी भेगमा धेरै गञ्जहरू छन् ।

डिजिटल प्रणालीमार्फत १७३ कर्मचारीको सरुवा

काठमाडौं– सरकारद्वारा जारी गरिएको अनलाइन कर्मचारी सरुवा व्यवस्थापन प्रणालीमार्फत हालसम्म

त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

काठमाडौं–  राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले आज केन्द्रीय

भारतको साढे सात करोड सहयोगमा दार्चुलामा विद्यालय भवन निर्माण सुरू

काठमाडौं– भारत सरकारको आर्थिक सहयोगमा दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित श्री

देवानगञ्ज घटनाको निष्पक्ष छानबिन गर्न गगनको माग, संयम अपनाउन अपिल

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा