संसदीय समितिद्वारा हुलाकी सडक आयोजनालाई निर्देशन « Khabarhub

संसदीय समितिद्वारा हुलाकी सडक आयोजनालाई निर्देशन


२२ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिका सभापति कल्याणी खड्काले हुलाकी सडकअन्तर्गत कैलाली खण्ड यथाशीघ्र निर्माण गर्न विभिन्न सरोकारवाला पक्षलाई निर्देशन दिएकी छिन् ।

सभापति खड्का सहितको टोलीले आज हुलाकी सडकको कैलाली खण्डको कैलारी गाउँपालिकाको वसन्ता क्षेत्र, भजनी नगरपालिकाको लालबोझी तटबन्ध, भजनी लालबोझीको ठेकीपुर पुल र सत्ती पुलको स्थलगत अनुगमन तथा निरीक्षण गरेको थियो ।

सो अवसरमा संसदीय समितिका सभापति खड्काले वसन्ता क्षेत्रको दुई किलोमिटरमा रहेका रूख काट्न पहल थाल्न वन कर्मचारीलाई निर्देशन दिइन् ।

उनले हुलाकी राजमार्गमा पर्ने कान्द्रा नदीमा निर्माणाधीन ठेकीपुर पुल चाँडै बनाउन निर्माण कम्पनीका ठेकेदारलाई निर्देशन दिइन् । संसदीय टोलीलाई वसन्ताको वन सबडिभिजन कार्यालयका फरेस्टर प्रेम विष्टले वसन्ताको दुई किलोमिटरमा पर्ने रूखको सङ्ख्याबारे प्रतिवेदन पठाउन केही दिनअघि वन मन्त्रालयले पत्र पठाएको जानकारी दिए ।

उनले हुलाकी सडक आयोजनाको सहयोगमा चाँडै रूखको लागत प्रतिवेदन पठाइने जानकारी दिए । उनका अनुसार सडकको मुख्य बिन्दुबाट दुवै किनारामा छ मिटरको परिधिमा काटिने रूखको सङ्ख्या विवरण मन्त्रालयले मागेको छ । संसदीय समितिका सभापति खड्का नेतृत्वको टोलीमा रहेका हुलाकी आयोजना धनगढीका इन्जिनीयर पदम मडैले एक–दुई दिनमै सडकको बिन्दु निक्र्यौल गरिने जानकारी दिए ।

त्यस्तै २०६८ सालमा टेन्डर भएर पनि अझैसम्म निर्माण हुन नसेकेको भजनी नगरपालिका–५ लालबोझी ठेकीपुरको पुल पनि चाँडै निर्माण गर्न सभापति खड्काको टोलीले निर्माण कार्यमा संलग्न पक्षलाई निर्देशन दियो ।

सो पुल निर्माणमा खटिएका इन्जिनीयर विकास कर्णले चालू आवको असार मसान्तमा सो पुलमा गाडी गुडाउने गरेर काम भइरहेको सभापति खड्कालाई जानकारी दिए ।

टोलीमा समितिका सदस्य आशाकुमारी विक, कैलाली क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य गौरीशङ्कर चौधरी, पूर्वसभासद मदनकुमारी शाह, टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावल, कैलारी गाउँपालिका अध्यक्ष लाजुराम चौधरी, भजनी नगरपालिका प्रमुख शेरबहादुर चौधरी र उपप्रमुख छाया देवकोटा, समितिका सचिव ओम कार्की, कर्मचारी र विज्ञको सहभागिता थियो ।

कैलाली खण्डको हुलाकी सडक निर्माण कार्य धेरै सकिएको भए पनि विभिन्न कारणले धनगढी क्षेत्र, वसन्ता क्षेत्र र भजनी लालबोझीका सडक तथा पुल निर्माण कार्य पूरा हुन नसकेको अनुगमनका क्रममा पाइएको सभापति खड्काले प्रतिक्रिया दिए ।

सो सडक बनेमा पूर्वपश्चिम राजमार्गको तुलनामा टीकापुर, भजनीका साथै नेपालगञ्ज पुग्नसमेत छोटो दूरी रहनेछ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहीबार  ३ : ४१ बजे

गुजरातलाई हराउँदै बेंगलुरु लगातार दोस्रो पटक आईपीएल च्याम्पियन

काठमाडौँ । रोयल च्यालेन्जर्स बेंगलोरले लगातार दोस्रो पटक आईपीएलको उपाधि

बालिकालाई करणी गरेको अभियोगमा एक जना पक्राउ

म्याग्दी । धवलागिरि गाउँपालिका–७ मा १३ वर्षीया बालिकालाई जबर्जस्ती करणी

प्रधानमन्त्रीले गैरजिम्मेवार कूटनीति प्रदर्शन गरे : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहले गैर जिम्मेवार कूटनीति

एमालेले माग्यो प्रधानमन्त्रीको राजीनामा

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा विपक्षी एमालेले प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा

अन्तर्राष्ट्रिय बजारमा बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् रहेको