गाउँपालिकाका अध्यक्ष र वडाध्यक्षविरुद्ध ५१ लाखको भ्रष्टाचार मुद्दा « Khabarhub

गाउँपालिकाका अध्यक्ष र वडाध्यक्षविरुद्ध ५१ लाखको भ्रष्टाचार मुद्दा


२२ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जाजरकोटको जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसी र गाउँपालिकाको वडा नम्बर ५ का वडाध्यक्ष राजबहादुर शाहीविरुद्ध जनही २५ लाख ५० हजार गरी ५१ लाख रुपैयाँ बिगो दाबी गर्दै भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

गाउँपालिकाको बजेटबाट निर्माण भएको सडकको अन्तिम भुक्तानीका लागि ठेकेदार तथा उपभोक्ता समितिका पदाधिकारीसँग घुस लिएको फेला परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।

अख्तियारका अनुसार गाउँपालिका अध्यक्ष केसी र वडाध्यक्ष शाहीले ठेकेदार तथा उपभोक्ता समितिका पदाधिकारीलाई डर, धम्की देखाएर विभिन्न मितिमा गरी २५ लाख ५० हजार रुपैयाँ घुस लिएको देखिएको छ ।

अख्तियारले दुवै जनाविरुद्ध जनही २५ लाख रुपैयाँ बिगो कायम गर्दै बिगोअनुसार जरिवाना र ६ वर्षसम्म कैद सजाय मागदाबी गरेको छ ।

अध्यक्ष केसीविरुद्ध ८ लाखको अर्को मुद्दा

गाउँपालिका अध्यक्ष केसीलाई अख्तियारको सुर्खेतस्थित कार्यालयको टोलीले ८ लाख रुपैयाँ घुस रकमसहित नियन्त्रणमा समेत लिएको थियो ।

सुर्खेतबाट ८ लाख रुपैयाँ घुससहित पक्राउ परेका गाउँपालिका अध्यक्ष केसीले जनता आधारभूत विद्यालयका प्रधानाध्यापक चन्द्रबहादुर बस्नेतसँगको मिलेमतोमा उक्त घुस रकम उठाएको देखिएको थियो ।

अख्तियारले गाउँपालिका अध्यक्ष केसी र प्रधानाध्यापक बस्नेतविरुद्ध जनही ८ लाख रुपैयाँ बिगो कायम गर्दै बिगोअनुसार जरिवाना र २ वर्ष ६ महिनासम्म कैद सजाय मागदाबी गरेको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहीबार  ५ : ०३ बजे

युएईका मानव वस्तीमा इरानको आक्रमणको २२ देशद्वारा निन्दा

तेहरान – संयुक्त अरब इमिरेट्स (युएई) सहित २२ देशले क्षेत्रीय

छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौं – सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

बैङ्किङ कसुरका फरार प्रतिवादी पक्राउ

सिरहा – लेनदेन तथा बैङ्किङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर

इरान जापानी जहाजलाई सहयोग गर्न तयार

टोकियो – तेहरान जापानी जहाजहरूलाई स्ट्रेट अफ हर्मुज पार गर्न

कावासोतीमै सवारी रोकिँदा आवागमन प्रभावित

नवलपरासी – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी