कोरोनाको सन्त्रासपछि भारतीय प्रधानमन्त्री मोदीले गरे बेल्जियम भ्रमण रद्द | Khabarhub Khabarhub

कोरोनाको सन्त्रासपछि भारतीय प्रधानमन्त्री मोदीले गरे बेल्जियम भ्रमण रद्द


२२ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बेल्जियम भ्रमण रद्द गरेका छन् ।

कोरोना भाइरस (कोभिड–१९) को प्रकोप कारण प्रधानमन्त्री मोदीले यस अघि नै तय भएको बेल्जियमको भ्रमण रद्द गरेका हुन्। मोदी मार्च १४–१५ मा बेल्जियम जाने पूर्वनिर्धारित कार्यक्रम रहेको थियो ।

युरोपियन युनियनको सम्मलनमा भाग लिन त्यसतर्फ जान लागेका थिए। मार्च १३ का लागि तोकिएको उक्त सम्मेलन पनि स्थगित भएको छ ।

विदेश मन्त्रालयका प्रवक्ता रविशकुमारले बिहीबार प्रधानमन्त्री मोदीको निर्धारित भ्रमणको कार्यतालिका हालका लागि स्थगित गरिएको  जानकारी दिएका हुन् ।

भारतमा कोरोना भाइरसको संक्रमण बढ्दो रुपमा देखिएको छ । हालसम्म भारतमा ३० जना कोरोनाबाट संक्रमित भएका छन् ।

भारतमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि  दिल्लीका विद्यालयहरु एक महिनाका लागि बन्द गरिएका छन्।  कक्षा ५ सम्म पढाइ हुने सबै विद्यालय मार्च ३१ सम्मका लागि बन्द गर्ने निर्णय भएको जनाइएको छ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहीबार  ६ : ०७ बजे

वैभव सूर्यवंशीको कीर्तिमानी शतकसँगै भारतले जित्यो शृङ्खला

काठमाडौं – वैभव सूर्यवंशीले फेरि विस्फोटक पारी खेलेपछि भारतीय यु-१९

आषाढ शुक्ल एकादशीः तुलसीको बिरुवा सारिँदै

काठमाडौं – प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल असार २२ गते आइतबार। असार

आज २०८२ साल असार २२ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २२ गते आइतबार। असार