कोरोनाको सन्त्रासपछि भारतीय प्रधानमन्त्री मोदीले गरे बेल्जियम भ्रमण रद्द « Khabarhub

कोरोनाको सन्त्रासपछि भारतीय प्रधानमन्त्री मोदीले गरे बेल्जियम भ्रमण रद्द


२२ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बेल्जियम भ्रमण रद्द गरेका छन् ।

कोरोना भाइरस (कोभिड–१९) को प्रकोप कारण प्रधानमन्त्री मोदीले यस अघि नै तय भएको बेल्जियमको भ्रमण रद्द गरेका हुन्। मोदी मार्च १४–१५ मा बेल्जियम जाने पूर्वनिर्धारित कार्यक्रम रहेको थियो ।

युरोपियन युनियनको सम्मलनमा भाग लिन त्यसतर्फ जान लागेका थिए। मार्च १३ का लागि तोकिएको उक्त सम्मेलन पनि स्थगित भएको छ ।

विदेश मन्त्रालयका प्रवक्ता रविशकुमारले बिहीबार प्रधानमन्त्री मोदीको निर्धारित भ्रमणको कार्यतालिका हालका लागि स्थगित गरिएको  जानकारी दिएका हुन् ।

भारतमा कोरोना भाइरसको संक्रमण बढ्दो रुपमा देखिएको छ । हालसम्म भारतमा ३० जना कोरोनाबाट संक्रमित भएका छन् ।

भारतमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि  दिल्लीका विद्यालयहरु एक महिनाका लागि बन्द गरिएका छन्।  कक्षा ५ सम्म पढाइ हुने सबै विद्यालय मार्च ३१ सम्मका लागि बन्द गर्ने निर्णय भएको जनाइएको छ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहीबार  ६ : ०७ बजे

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ ३ गते बुधबार सन् २०२६

आज २०८३ साल भदौ ३ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ३ गते बुधबार सन् २०२६

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड