कोरोनाको जोखिम रोक्न विराटनगरमा साबुन पानीले हात धुने अभियान « Khabarhub

कोरोनाको जोखिम रोक्न विराटनगरमा साबुन पानीले हात धुने अभियान


२२ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर- विराटनगर महानगरपालिकाले भारतको सीमा क्षेत्रमा साबुन पानीले हात मिचिमिची धुने अभियान सञ्चालन गरेको छ ।

महानगरपालिकाद्वारा आयोजित पत्रकार सम्मेलनमा सीमा क्षेत्रमा रेलबाट विभिन्न क्षेत्रबाट आएका यात्रुका लागि नोबेल कोरोना भाइरस (कोभिड–१९) भित्रिन नदिनका लागि सचेतनाका लागि उक्त अभियान सञ्चालन गरेको हो ।

भारतीय रेल्वेको स्थानीय कर्मचारीको समन्वयमा सचेतना तथा सर्तकता अभियान सञ्चालन गरिएको महानगरपालिकाका कार्यवाहक प्रमुख इन्दिरा कार्कीले बताए ।

उनले सचेतनाका लागि सम्पूर्ण पूर्वतयारी गर्न १९ वटा वडाका अध्यक्ष सम्मिलित समन्वय टोली गठन गरिएको जानकारी दिए ।

प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीको नेतृत्वमा गठन गरिएको टोलीमा नगरका सबै महाशाखाका प्रमुखहरु रहेका छन् ।

भाइरसको सङ्क्रमण नहोस् भन्नका लागि सर्तकता अपनाउन टोली गठन गरिएको जनाइएको छ । रोगको मुख्य लक्षणमा १००.४ डिग्री ज्वारो आउनु र छाती भारी हुनु मुख्य लक्षण रहेको नगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले बताए ।

रोगका लागि आवश्यक पर्ने पारासिटामोल र टिनिडाजोल औषधिको कुनै कमी नभएको उनले बताए ।

यसैगरी नगर क्षेत्रमा रहेका औषधिका थोक बिक्रेतालाई मास्कको भण्डारका अनुगमन कार्य शुरु गरिएको छ ।

बजारमा मास्कको कृतिम अभाव सिर्जना गरी कालोबजारीमा बिक्री वितरण गरेको गुनासोलाई ध्यानमा राखी बढी मूल्य लिने पसललाई कानूनी कारवाही गरिने प्रशासकीय अधिकृत अधिकारीले उल्लेख गरे ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहीबार  ७ : ३५ बजे

सरकारी वार्ता टोली र डा केसीबीच सात बुँदे सहमति, अनशन तोडियो

सुदूरपश्चिम – सरकारी वार्ता टोली र कैलालीको धनगढीमा विगत पाँच

शिक्षकको तलब भत्ताबारे अफवाह फैलाइयो : शिक्षामन्त्री पोखरेल

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले शिक्षकहरूको प्रोत्साहन

स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध

पर्सा – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले यहाँस्थित नारायणी अस्पतालको

पिआर लिएका दुई नापी अधिकृतलाई कारबाही सिफारिस

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

सालकको अखेटोपहार ओसापसारको अभियोगमा तीन जना पक्राउ

चितवन – चितवन राष्ट्रिय निकुञ्जले संरक्षित वन्यजन्तु कालो सालकको अखेटोपहार