कोरोनाको प्रभावः अर्थतन्त्रमा परेको असरबारे अध्ययन शुरु | Khabarhub Khabarhub

कोरोनाको प्रभावः अर्थतन्त्रमा परेको असरबारे अध्ययन शुरु


२२ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वव्यापीरूपमा आतङ्कका रुपमा देखापरेको ‘कोभिड–१९’ ले पार्ने नेपालको समग्र अर्थतन्त्रबारे सरकारले अध्ययन शुरु गरेको छ ।

कोरोना भाइरसका कारण विश्वव्यापीरूपमै अर्थतन्त्रमा नकारात्मक प्रभाव परिरहेको अवस्थामा त्यसबाट पार्ने प्रभावका बारेमा अध्ययन थालिएको अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले जानकारी दिए ।

उनले भने, “कोरोना भाइरसले नेपाली अर्थतन्त्रमा पार्ने असरको विषयमा अध्ययन थालिएको र यसमा अर्थ मन्त्रालय र राष्ट्र बैंकले काम शुरु गरिसकेको छ ।”

चीनबाट फैलिएको कोरोना भाइरसको नकारात्मक प्रभाव नेपाली अर्थतन्त्रमा पर्न थालिसकेको छ । सरकारले नेपाल भ्रमण वर्ष २०२० को प्रचारप्रसारसमेत तत्कालका लागि स्थगन गरेको छ । औद्योगिक क्षेत्रमा कच्चा पदार्थको अभाव देखिने थालेको गुनासो आइरहेको बेला अर्थमन्त्री खतिवडाले समग्र पक्षको अध्ययन शुरु गरिएको जानकारी दिए ।

अर्थमन्त्री खतिवडाले कोरोना भाइरसको तत्काल र दीर्घकालीन असर पर्ने भन्दै त्यसको अध्ययन गरेर सरकार अगाडि बढ्ने स्पष्ट पारे ।

नेपाल भ्रमण वर्षको सन्दर्भमा अन्तर्राष्ट्रिय क्षेत्रमा गरिने प्रवर्द्धननका काम तत्कालका लागि स्थगित गर्ने निर्णय भएको जानकारी दिए ।

विश्वव्यापीरूपमा समस्या कस्तो प्रभाव देखिन्छ सोही आधारमा नै थप व्यवस्था एवं निर्णय गर्दै जाने सोचाइमा रहेको उनको भनाइ छ । यस्तै कतिपय निर्णयमा अन्तर्राष्टिय कानूनलाई हेरेर पनि निर्णय गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ ।

यस्तै सेक्युरिटी प्रेससम्बन्धी विषयमा आफूले बुधबार नै स्पष्ट पारिसकेको दोहोर्‍याए । मन्त्री डा खतिवडाले भने, “मैले बुधबार नै सेक्युरिटी प्रेस खरिदका लागि प्रतिस्पर्धात्मक विधि अपनाइने उल्लेख गरिसकेको छु । प्रचलित कानूनअनुसार नै आवश्यक निर्णय हुन्छ ।”

यस्तै अन्तःशुल्कको स्टिकर तथा अन्य अत्यावश्यक सामग्रीमा समेत सोही प्रक्रिया अवलम्बन गरिने मन्त्री डा खतिवडाको भनाइ छ ।

अर्थमन्त्रीसमेत रहेका सञ्चारमन्त्री डा खतिवडाले पछिल्लो दुई वर्षमा शेयरबजार सुधारका लागि दीर्घकालीन महत्वका निर्णय भएको बताए ।

उनले शेयरबजार तलमाथि हुने प्रक्रियालाई बजारको सेन्टिमेन्टका रूपमा बुझ्न र सोहीअनुसार अगाडि बढ्नसमेत आग्रह गरे ।

उनले भने, “पूँजी बजारमा सबैभन्दा बढी सुधार यही दुई वर्षमा भएको छ । नीति निर्माण बनाउने कुरामा होस् वा कर प्रणालीमा सुधार गर्ने कुरामा होस् । यस्तै कारोवारलाई एकदम छिटो समयमा राफसाफ गर्ने कुरामा समेत सुधार गरिएको छ ।”

उनले मार्जिन लेण्डिङसँग जोडिएका विषय तथा राफसाफको विषयमा समेत सुधार भएको दृष्टान्त पेश गरे ।

उनले अनलाइन कारोवारसमेत वर्तमान सरकार गठन भएपछि शुरु भएको तथ्य पेश गरे । उनले थप स्पष्ट पार्दै भने, “अर्थमन्त्रीको काम लगानीकर्तालाई लगानी गर्ने अवसरसम्म पुर्‍याइदिने हो । बाँकी लगानीकर्ताको जिम्मा हो । शेयरबजारको मूल्यको कुरामा पनि त्यही नै हो । यो कुनै मान्छेको अनुहार र व्यक्ति विशेषसँग जोड्ने विषय होइन ।”

उनले आफूले लगानी गर्ने कम्पनीको वासलात, नाफानोक्सान हिसाब गरेर, भविष्यमा त्यो व्यवसाय कति बलियो भएर जान्छ आदि हेरेर लगानीको निर्णय गर्न पनि लगानीकर्तालाई सुझाव दिए ।

मन्त्री डा खतिवडाले लगानीकर्ताले लगानीसम्बन्धी निर्णय गर्दा सरकारबाट आउने नीतिहरु कस्ता हुन्छन् भनेर पर्खिनसमेत आग्रह गरे।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहीबार  १० : ४५ बजे

विश्वकर्मा पूजाको लागि मूर्ति बनाउन भ्याइनभ्याइ

कैलाली – विश्वकर्माको पूजा आउन एक दिन बाँकी रहँदा यहाँ

मेटमणीलाई कारबाहीको माग गर्दै झलनाथले भने : भारतीय नागरिक हुन की नेपाली ?

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले पार्टीका

सन्दीपले दिलाए नेपाललाई दोस्रो सफलता

काठमाडौं – आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक ओडीआई सिरिजमा क्यानडाविरुद्ध

जात्रामय हनुमानढोका (तस्बिरहरू)

काठमाडौं – इन्द्र जात्रा सुरु भएसँगै हनुमानढोका दरबार क्षेत्र जात्रामय

६७ जना सशस्त्र प्रहरी सहायक निरीक्षक दीक्षित

गण्डकी – सशस्त्र प्रहरी बल नेपाल, हुल तथा दङ्गा व्यवस्थापन