बलात्कार आरोपित रावललाई ४ दिन हिरासतमै राख्न अदालतको अनुमति « Khabarhub

बलात्कार आरोपित रावललाई ४ दिन हिरासतमै राख्न अदालतको अनुमति


२२ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली – बलात्कार प्रयासको आरोप लागेका सुदुरपश्चिम प्रदेशसभा सदस्य अक्कल रावललाई जिल्ला अदालत कैलालीले ४ दिन हिरासतमै राख्न अनुमति दिएको छ ।

रावलबिरुद्ध बलात्कार प्रयास गरेको उजुरी परेपछि बुधबार प्रहरीले पक्राउ गरी हिरासतमा राखेको थियो ।

बिहिबार कैलाली जिल्ला अदालतमा भएको बहसपछि उनलाई अनुसन्धानका लागि हिरासतमै राख्न अनुमति दिएको हो ।

जिल्ला अदालत कैलालीका न्यायाधीश कृष्ण प्रसाद नेपालको इजलासमा भएको बहसपछि उनलाई फागुन २१ गतेदेखि लागु हुने गरी ४ दिन हिरासतमा राख्न अनुमती दिए अदालतका श्रेस्तेदार रैभान कन्जेडाले जानकारी दिए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिमका सचेतक समेत रहेका प्रदेशसभा सदस्य रावललाई एक महिलाले बलात्कार प्रयास गरेको आरोपसहितको उजुरी दिएपछि बुधवार पक्राउ परेका थिए ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहीबार  ९ : ०८ बजे

कांग्रेस विशेष महाधिवेशन : निर्वाचन समिति बन्यो

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र

शिक्षण पेसासँगै कृषिमा रमाउँदै सर्वेन्द्र

रुपन्देही– रुपन्देहीको मर्चवारी– ७ का सर्वेन्द्र यादवले शिक्षण पेसासँगै कृषिमा

अत्यधिक चिसोका कारण मुस्ताङमा विकास निर्माणको काम ठप्प

मुस्ताङ– अत्यधिक चिसोका कारण हिमाली जिल्ला मुस्ताङमा विकास निर्माण काम

प्रतिमा गौतम भन्छिन् : केन्द्रीय समिति बैठकमा जाँदैनौँ, वार्ता नमिले नेतृत्व छानेर निर्वाचन आयोग जान्छौँ

काठमाडौं- नेपाली कांग्रेसकी नेत्री प्रतिमा गौतमले वार्ता नमिलेसम्म पार्टी संस्थापनले