बलात्कार आरोपित रावललाई ४ दिन हिरासतमै राख्न अदालतको अनुमति « Khabarhub

बलात्कार आरोपित रावललाई ४ दिन हिरासतमै राख्न अदालतको अनुमति


२२ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली – बलात्कार प्रयासको आरोप लागेका सुदुरपश्चिम प्रदेशसभा सदस्य अक्कल रावललाई जिल्ला अदालत कैलालीले ४ दिन हिरासतमै राख्न अनुमति दिएको छ ।

रावलबिरुद्ध बलात्कार प्रयास गरेको उजुरी परेपछि बुधबार प्रहरीले पक्राउ गरी हिरासतमा राखेको थियो ।

बिहिबार कैलाली जिल्ला अदालतमा भएको बहसपछि उनलाई अनुसन्धानका लागि हिरासतमै राख्न अनुमति दिएको हो ।

जिल्ला अदालत कैलालीका न्यायाधीश कृष्ण प्रसाद नेपालको इजलासमा भएको बहसपछि उनलाई फागुन २१ गतेदेखि लागु हुने गरी ४ दिन हिरासतमा राख्न अनुमती दिए अदालतका श्रेस्तेदार रैभान कन्जेडाले जानकारी दिए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिमका सचेतक समेत रहेका प्रदेशसभा सदस्य रावललाई एक महिलाले बलात्कार प्रयास गरेको आरोपसहितको उजुरी दिएपछि बुधवार पक्राउ परेका थिए ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहीबार  ९ : ०८ बजे

आजका समाचार : कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग, मनाइयो इद, मौसममा सुधार हुँदै र अमेरिकाले इरानमाथिको दबाब घटाउने

पूर्वसभापति देउवा सिंगापुरबाट हङकङ प्रस्थाननेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर

उराँव समुदायले मनाए सरहुल पर्व

इनरुवा (सुनसरी)- सदरमुकाम इनरुवासहित सुनसरी जिल्लाका विभिन्न स्थानमा बसोबास गर्दै

राजकुमारका सिर्जनामा ‘सहअस्तित्व’को खोजी

काठमाडौं– एकसट्ठिऔँ अन्तरराष्ट्रिय जातीय तथा रङ्गभेद उन्मूलन दिवसका अवसरमा आज

भियतनाम निर्वाचन : गैरकम्युनिस्ट पार्टीका १८ सांसद निर्वाचित

हनोई- भियतनामको ५०० सदस्यीय संसदमा गैर–कम्युनिस्ट पार्टीका १८ सदस्यहरू निर्वाचित

सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबैलाई मुख्यालय झिकाइयो

काठमाडौँ- कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्मका