लकडाउनको १३ औं दिन: यस्तो छ काठमाडौंमा प्रभाव | Khabarhub Khabarhub

लकडाउनको १३ औं दिन: यस्तो छ काठमाडौंमा प्रभाव


२३ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको संक्रमण फैलन नदिन भन्दै सरकारले देशैभर गरेको लकडाउनले नेपालीको जनजीवन प्रभावित बनेको छ । नेपालभरका स्कूल कलेजहरु बन्द छन् भने अत्यावश्यक बाहेक कुनै पनि सवारी साधन चलेका छैनन् ।

बाटोमा फाटफुट सवारी साधनहरु सवारी पास बनाएर चलिरहेका छन् । नेपालमा कोरोना संक्रमित ९ पुगेसँगै सरकारले लकडाउनमा थप कडाइ गर्ने जनाएको छ ।

राजधानीका मुख्य सडकहरु पूर्ण रुपमा बन्द छन् भने कतै फलफूल पसल र खाद्यान्न पसल भने खुलेका देखिन्छन् । सडक लगभग सुनसान छ । कतै जाम छैन । मान्छेको चहलपहल निकै पातलो छ । यद्यपि साँझपख भित्री सडकहरूमा भने मान्छेको चहलपहल हुन थाल्छ ।

सडकमा अरु बेलाका तुलनामा ट्राफिक चेकिङ भने बाक्लो छ । प्राय: व्यस्त रहने काठमाडौंको कोटेश्वर, थापाथली, सिंहदरवार, बानेश्वर लगायतका स्थानमा फाटफुट गाडी मात्र गुडिरहेका छन् । काठमाडौं पहिलेभन्दा स्वच्छ र खुला देखिएको छ । हेर्नुहोस् तस्वीरहरुः

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  ११ : ४६ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास