भारतका ५० स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण « Khabarhub

भारतका ५० स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण


२३ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतका ५० जना स्वास्थ्यकर्मीमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ ।

केही विशेषज्ञ चिकित्सकसहित ५० जना स्वास्थ्यकर्मी कोरोना भाइरसबाट संक्रमित भएको भारतीय स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

अस्पतालहरूमा सुरक्षा उपकरण अभावका कारण डाक्टर र अन्य स्वास्थ्यकर्मी सबैभन्दा बढी जोखिममा रहेको बताइरहँदा ५० जना स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण भएको सूचना बाहिरिएको हो ।

योसँगै भारतमा अझ बढी त्रास बढेको छ ।  भारतमा  आइतबार विहान ८ बजेसम्म कोरोना भाइरसको संक्रमणले ८६ जनाको मृत्यु भएको छ भने ३ हजार २७६ जनामा संक्रमण देखिएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  ८ : १० बजे

तनावबीच उत्तर कोरियाद्वारा पुनः क्षेप्यास्त्र प्रहार

एजेन्सी– दक्षिण कोरियासँग सम्बन्ध सुधारको सम्भावनालाई नै अस्वीकार गर्दै उत्तर

नयाँ वर्षमा टाटा गाडी एक्सचेन्ज गर्ने अवसर

काठमाडौं– टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले नयाँ वर्ष

विश्व बैंकको सहयोगमा ‘डिजिटल’ रूपान्तरण परियोजना कार्यान्वयन हुँदै

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनासँग नेपालका लागि

सुदूरपश्चिममा १० प्रतिशतले बढ्यो गरिबी, प्रदेश सरकार चिन्तित

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा १० प्रतिशतले गरिबी बढेकामा प्रदेश सरकारले चिन्ता

‘सडक दुर्घटनामा बर्षेनि हजारौँको ज्यान जान्छ, तत्काल सुरक्षाको काम गरौँ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समिना मियाँ सडक सुरक्षाका लागि