कोरोनाको महामारी फैलिएको न्युयोर्कमा बस्दै आएका दुई नेपालीको मृत्यु « Khabarhub

कोरोनाको महामारी फैलिएको न्युयोर्कमा बस्दै आएका दुई नेपालीको मृत्यु


२३ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोनाको महामारी फैलिएको अमेरिकाको न्युयोर्क राज्यमा दुई नेपालीको मृत्यु भएको छ ।

झण्डै २० बर्षदेखि न्युयोर्कमा बस्दै आएका उनीहरुको मृत्युको कारण खुलाइएको छैन ।

सन्नीसाइडमा बस्दै आएका थोक्मे बिष्टको  अपार्टमेन्टमा नै मृत्यु भएको छ ।  ४८ बर्षीय बिष्ट माथिल्लो मुस्ताङको लोमान्थाङका रहेको जनाइएको छ ।

विष्टको शनिबार विहान ९ बजे घरमै निधन भएको र बेलुका ६ बजेतिर  प्रहरी र मेडिकल टिम आएर शव लगेको पारिवारिक श्रोतले जानकारी दिएको छ ।

मुस्तांग किदुगको पूर्वअध्यक्ष नोर्बु बिष्टका अनुशार सुरुमा टाउको दुख्ने र स्वास फेर्न गाह्रो हुने समस्या भएपछि बिष्ट सीटीएमडीमा उपचारका लागि गएका थिए ।

त्यसपछि उनलाई घरमै आराम गरेर बस्न भनिएको थियो । सीटीएमडीले घरमै बस्न भनेपछि बिष्ट माउन्ट साइनाई अस्पतालमा समेत गएका थिए ।

अस्पतालले एक्सरे गरेपछि फोक्सोमा समस्या रहेको बताएको थियो । तर अस्पतालले भर्ना लिन नमानी घरमै आराम गर्न भनेको र केहीदिनमा रिपोर्ट दिने बताएको थियो । रिपोर्ट नआउँदै बिष्टको निधन भएको हो ।

यस्तै मुस्ताङ घर भई न्युयोर्कको क्वीन्स जमैकामा बस्ने सोनाम लामाको पनि  मृत्यु भएको छ । नुप्री एसोसिएसनका पूर्वअध्यक्ष मिङमार लामाका अनुसार उनको कोठाभित्रै मृत्यु भएको छ ।

जमैकामा एक्लै बस्दै आएका ४० बर्षीय लामा केही दिनदेखि बिरामी थिए । उनको पनि मृत्यु कारण खुलेको छैन ।

न्युयोर्कमा कोरोना भाइरसको महामारी फैलिएका कारण उनको पनि मृत्यु कोरोनाकै कारण भएको आशंका गरिएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  १० : २६ बजे

सुदूरपश्चिम सरकारद्वारा ३७ अर्ब ७० करोडको बजेट सार्वजनिक

काठमाडौं– राजनीतिक उतारचढाव र बजेट शून्यताका कारण लामो समयदेखि अन्योलमा

त्रिशूली नदीको कटानले भासिएको पृथ्वी राजमार्ग सञ्चालन

धादिङ – त्रिशूली नदीले सडक कटान गरी भासिएपछि अवरुद्ध बनेको

रियाद विमानस्थलमा घातक आक्रमणपछि हुथीविरुद्ध प्रतिकार गर्ने साउदी गठबन्धनको चेतावनी

रियाद- साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तरराष्ट्रिय विमानस्थलमा भएको

श्रममन्त्री यादवद्वारा भक्तपुरमा एभरेष्ट मल्टी स्किल प्रालिको उद्घाटन

भक्तपुर– युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले राष्ट्रिय तथा अन्तरराष्ट्रिय

कैलालीका किसान धानबाली भित्र्याउँदै

धनगढी– कैलालीका किसानलाई यतिबेला खेतबारीमा पाकेको धानबाली भित्र्याउन भ्याइनभ्याइ छ