सुदुरपश्चिमभरी लकडाउनमा थप कडाइ | Khabarhub Khabarhub

सुदुरपश्चिमभरी लकडाउनमा थप कडाइ


२३ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले लडाउनलाई थप कडाइका साथ लागू गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा बसेको ‘कोरोना भाइरसको नियन्त्रण, व्यवस्थापन तथा समन्वय निर्देशक समिति’ को बैठकले नेपाल सरकारद्वारा जारी गरिएको लकडाउनलाई थप प्रभावकारी र व्यवस्थित बनाउन कडाइका साथ लागू गर्ने र लकडाउन अवधि थप गर्न सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले जानकारी दिए ।

‘क्वारेन्टाइन (कोभिड–१९ शंकास्पद) लाई थप प्रभावकारी र व्यवस्थित बनाउन कडाईका साथ क्वारेन्टाईन सम्बन्धि तोकिएको नियमानुसार लागु गरिने छ,’ मन्त्री शाहले भन्नुभयो, ‘भारत लगायत अन्य मुलुकबाट आएका तर क्वारेन्टाईनमा नबसेकालाई अनिवार्य रुपमा क्वारेन्टाइनमा बसाउन स्थानिय तह तथा सुरक्षा निकायको समन्वयमा व्यवस्थित गरिने छ ।’

कोरानाको रोकथाम, नियन्त्रण, उपचार तथा व्यवस्थापनका लागि आवश्यक पर्ने औषधि, उपकरण, आवश्यक सामग्री तथा विज्ञ चिकित्सकसहित स्वास्थ्यकर्मीको व्यवस्थापनका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मार्फत नेपाल सरकारलाई माग गर्ने निर्णय गरिएको छ ।

अस्पताल र स्वास्थ्य कार्यालयलाई विनियोजन गरिएको बजेट कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा व्यवस्थापन प्रयोजनका लागि व्यवस्थित रुपमा खर्च गर्ने, वितरण भइरहेका राहत सामग्रीहरु वितरण सबन्धी व्यवस्थाको लागि स्थानीय तह मार्फत् एकद्वार प्रणाली मार्फत व्यवस्थित गर्ने पनि निर्णय भएको छ ।

प्रदेश अन्र्तगतका प्रादेशिक तथा जिल्ला अस्पतालमा कोभिड–१९ को उपचार तथा व्यवस्थापन गर्न चिकित्सक सहितको मेडिकल स्वास्थ्य टोलीनिर्माण गरी तयारी अवस्थामा राख्ने, एम्बुलेन्स तथा शव बाहनको व्यवस्था तम्तयार गर्ने निर्णय भएको मन्त्री शाहले जानकारी दिए ।

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  ११ : ३२ बजे

लप्चिका स्थानीयवासीलाई गाउँमै पुगेर सीमा पास वितरण

दोलखा – दोलखा र चीनको सीमानामा पर्ने लप्चि नाकाका स्थानीयवासीलाई

वर्ल्डलिङ्कको रिट खारेज हुँदा राज्यकोषको अर्बौं रकम सुरक्षित

काठमाडौं – सर्वोच्च अदालतले वर्ल्डलिङ्क कम्युनिकेसन प्रालिले दायर गरेको आठ

सौराहालाई पर्यटन क्षेत्र घोषणा गर्न माग

चितवन – सौराहाका पर्यटन व्यवसायीहरुले सौराहालाई पर्यटन क्षेत्र घोषणा गर्न

स्पष्ट योजनाका साथ कार्य सम्पादन गर्न मुख्यमन्त्री अधिकारीको निर्देशन

गण्डकी – गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले स्पष्ट योजनाका साथ

अफगानिस्तान : बाढी प्रभावित क्षेत्रमा पुग्न उद्धारकर्मी सङ्घर्षरत

सेख जलाल – आपत्कालीन सहायता र उद्धार टोलीहरूले आइतबार अचानक