अछाममा बाघको आक्रमणबाट ७० वर्षीया वृद्धा घाइते « Khabarhub

अछाममा बाघको आक्रमणबाट ७० वर्षीया वृद्धा घाइते


२३ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अछाम- अछाममा बाघको आक्रमणबाट  ७० वर्षीया वृद्धा घाइते भएकी छिन् ।

आज बिहान करिब ६:३० बजे अछामको कमलबजार नगरपालिका वडा नम्बर ५ मा बाघको आक्रमण बाट अन्दाजी ७० वर्षीया बेलादेबी भण्डारी गम्भीर घाइते भएकी हुन् ।

बाख्रा गोठमा बाघ पसेपछि बाघलाइ भगाउन जाँदा बाघले आक्रमण गरेको हो । आक्रमणबाट उनको टाउकोमा गहिरो घाउ भएको छ ।

बिनायक स्वास्थ्य चौकीमा सामान्य उपचार पछि थप उपचारका लागि उनलाई हेलिकोप्टरमार्फत कोहोलपुर लगिएको  अछामका प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए ।

घाइते भण्डारी पूर्व सांसद एवम् नेकपा नेता सरद सिंह भण्डारीको आमा हुन् ।

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  ११ : ४५ बजे

आज २०८२ साल फागुन २० गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन २० गते बुधबार चैत

उदयपुरमा भेटिएको शंकास्पद वस्तु नष्ट गरियो

उदयपुर – जिल्लाको चौदण्डीगढी नगरपालिका–२ लाटीखोलास्थित मदन भण्डारी सडकमार्गमा फेला

इजरायल–अमेरिकी आक्रमण : इरानको नयाँ सर्वोच्च नेता चयन गर्ने भवन निशानामा

तेहरान – इजरायल र अमेरिकाले मङ्गलबार इरानको नयाँ सर्वोच्च नेता

निर्वाचनविरोधी गतिविधि गर्ने १७६ जना पक्राउ, सुरक्षा व्यवस्था चुस्त

काठमाडौं – देशभरबाट निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १७६ जनालाई पक्राउ

मध्यपूर्वको तनावले समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्नेमा चिन्ता

काठमाडौं – इजरायल–अमेरिका र इरानबीचको तनावले नेपालको समग्र अर्थतन्त्रमा नकारात्मक