दीपकराज गिरीलाई प्रश्न – 'छक्का पञ्जा ४' दशैंमै रिलिज होला ? | Khabarhub Khabarhub

दीपकराज गिरीलाई प्रश्न – ‘छक्का पञ्जा ४’ दशैंमै रिलिज होला ?


२३ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता दीपकराज गिरीले एउटै फिल्मको स्किृप्ट तयार पार्न एक वर्षको समय खर्च गर्छन् । यहाँ एकै हप्तामा फिल्मको कथा तयार पारेर फिल्म बनाउने फिल्मकर्मी पनि छन् ।

दीपकराज गिरीले स्किृप्टमै मेहनत गर्ने कारण उनका फिल्म दर्शकले रुचाउँछन् । समीक्षात्मक रुपमा भने उनले ताली कम गाली ज्यादा पाउँछन् । यतिबेला गिरीले फिल्म ‘छक्का पञ्जा ४’ को स्किृप्ट लेखिरहेका छन् ।

कोरोना भाइरस फैलिने सम्भावित सम्भावनालाई मध्यनजर गर्दै सरकारले लकडाउन गरेका कारण अभिनेता गिरी पनि घरमै थुनिएका छन् । यतिबेला फिल्मलेखनका लागि पर्याप्त समय भए पनि वातारण अनुकूल नभएकाले उनले फिल्म लेख्न सकिरहेका छैनन् ।

गिरीको फेसबूकबाट

‘फिल्म त लेखिरहेको छु, तर अहिले लेख्न सकिरहेको छैन, फिल्म लेख्न पनि वातावरणले धेरै प्रभाव पार्छ,’ खबरहबको कुराकानीमा गिरीले भने ।

बरु यतिबेला गिरीले अभावमा परेका प्राविधिक तथा स्पट ब्यायहरुलाई खाद्यान्नको व्यवस्था गरिनुपर्छ भनेर जुटिरहेका छन् । कोरोना भाइरसका कारण देशभर लकडाउन हुँदा प्राविधिकहरुले काम नपाएर आफ्नो दैनिक गुजारा टार्न गाह्रो परेको छ ।

‘यो बेलामा प्राविधिकलाई सहयोग गर्न लागिपरेका छौं, केही सहयोग गरेका छौं,’ उनले भने, ‘अहिले सरकारलाई सहयोग गर्ने कुरा छैन, भोलि राज्यकोषलाई पनि सहयोग गर्ने भन्ने पनि छँदैछ तर अहिले प्राविधिकलाई सहयोग गरौं ।’

गिरीले अहिले सरकारलाई सहयोग गर्न खोज्नु भनेको ‘पपुलर’ बन्न खोज्नु भएको प्रतिक्रिया समेत दिए । उनले भने, ‘लकडाउनका बेला सरकारले कसरी सहयोग गर्छ भन्ने नै स्पष्ट छैन, यतिबेला सरकारलाई सहयोग गरेर पपुलर हुन खोजेको मात्र हो ।’

चलचित्र ‘छक्का पञ्जा ४’ आगामी दशैंमा रिलिज हुने भनिएको थियो । अब भने यो फिल्म दशैंमा रिलिज हुने सम्भावना न्यून भएको गिरीले बताए । तपाईंहरुले दशैंमा नै रिलिज गर्छौं भनेको फिल्म ‘छक्का पञ्जा ४’ निर्धारित दशैंमै रिलिज होला ? भन्ने खबरहबको प्रश्नमा गिरीले भने, ‘अब यसै भन्न सकिने अवस्था रहेन ।’

फिल्मको छायांकन जेठमा शुरु गर्न सकिएन भने यो फिल्म दशैंमा रिलिज हुने सम्भावना निकै कम हुने गिरीको भनाइ थियो । ‘अहिले यो फिल्म दशैंमा रिलिज होला कि नहोला भन्ने अन्यौलमा छ,’ उनले थपे ।

गिरीको टिमले निर्माण गरेका फिल्मले नेपालमा मात्र नभएर विदेशमा पनि उस्तै कमाइ गर्ने गर्छन् । विदेश राइटस् र डिजिटल राइट्समा ‘छक्का पञ्जा’ सिरिजले लोकप्रियता कमाएका छन् ।

‘हाम्रो वैदेशिक व्यापार राम्रो थियो, नेपालका राम्रो भए पनि कोरोनाका कारण विदेशमा असर पर्ने भयो,’ गिरीले भने ।

उनले फिल्मको स्किृप्ट नै अझै नसकिएको र मुड चल्दा स्किृप्टमा काम भइरहेको प्रतिक्रिया दिए । ‘स्किृप्ट लेख्न बस्दा कलम नै चल्दैन, दर्शकको हामीसँग धेरै आशा छ, फेरि जस्तो पायो त्यस्तै बनाएर पनि भएन,’ गिरीले भने ।

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  ३ : ५३ बजे

प्रधानमन्त्रीलाई भेटेर माधव नेपालले भने- चैत १५ गते पार्टी कार्यालयमा भएको क्षतिपूर्ति दिलाउनु पर्‍यो 

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेकपा एकीकृत समाजवादीले मुलुकको आर्थिक,

कांग्रेसका नौ भाइ भन्छन्- ‘कोर्स करेक्सन’ गर्ने बेला भयो 

काठमाडौं– नेपाली कांग्रेसका नेताहरूले राजनीतिक ‘कोर्स करेक्सन’ गर्ने बेला भएको

बुढानीलकण्ठमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

काठमाडौं– बुढानीलकण्ठ नगरपालिका–५ विष्णुमती पुल नजिक आज मोटरसाइकल दुर्घटना हुँदा

आँखा स्वास्थ्य सेवाका क्षेत्रमा नेपालले प्रगति गरको छ : स्वास्थ्यमन्त्री 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आँखा स्वास्थ्य सेवाका क्षेत्रमा

प्रधानमन्त्रीसमक्ष एकीकृत समाजवादीको संविधान संशोधन प्रस्ताव

काठमाडौं– नेकपा एकीकृत समाजवादीले संविधान कार्यान्वयनका १० वर्षको पुनरावलोकन गरेर