कोरोनाको त्रासका कारण ललितपुरको बुलुगाउँमा मनाइने चन्द्रभैरवको जात्रा स्थगित « Khabarhub

कोरोनाको त्रासका कारण ललितपुरको बुलुगाउँमा मनाइने चन्द्रभैरवको जात्रा स्थगित


२३ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चापागाउँ– कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिम फैलिन नदिन लकडाउन भएपछि यस वर्ष ललितपुरको बुलुगाउँमा मनाइने प्रसिद्ध चन्द्रभैरव जात्रा स्थगन गरिएको छ ।

गोदावरी नगरपालिका–११ स्थित चापागाउँको बुलुमा प्रत्येक वर्ष चैतको एकादशीदेखि त्रयोदशीसम्म तीन दिन चन्द्रभैरवको जात्रा मनाउने चलन रहेको छ । यस वर्ष जात्रा गर्न नसकिने भएपछि सम्बन्धित पुजारीबाट आफ्नो परम्परा बचाउने गरी पूजाआजा मात्र चलाउन अनुरोध गरिएको वडाध्यक्ष नीलबहादुर देशारले जानकारी दिए ।

यो जात्रा वर्षको एकपटक मनाउने गरिन्थ्यो । चैतको एकादशीको दिन बुलुको मुख्य चोकमा भैरवलाई खट बनाई राखेर पूजा गरिन्थ्यो । पूजाआजा सम्पन्न भएपछि गुठीयारले भोज गर्थे ।

चैत द्वादशीको दिन यी देवतालाई बुलुका श्रेष्ठहरुको आँगनघरमा खटमा राखी पूजा गर्ने चलन रहेको थियो । चैत त्रयोदशीका दिन बुलुगाउँको टोलटोलमा चन्द्रभैरव र गणेशलाई राखी पूजा गरिन्थ्यो ।

पूजापछि दिउँसो ४ बजेबाट रथजात्रा गर्ने चलन रहेको चापागाउँका स्थानीय ७४ वर्षीय वासुदेव कर्माचार्यले बताए । कर्माचार्यका अनुसार चापागाउँ स्थापना हुनुअघि बुलुगाउँ रहेको थियो । बुलुगाउँलाई शिवपुरी पनि भनिन्थ्यो ।

महामञ्जुश्रीले सन्तानेश्वर महादेवको सिमाना, बाडेगाउँबीचको पहाड र चोभारको पहाडलाई तान्त्रिक तरबारले छेड्ने गरी काटेर दहको पानी निकालेको भन्ने किंवदन्ती यहाँ रहेको छ ।

तालको पानी सुक्नुभन्दा पहिले एक स्थानमा नागराजलाई राख्नुपर्छ भन्ने हेतुले नागलाई राखेकाले त्यस स्थानको नाम नागदह भयो । यो धापाखेलमा पर्छ । जब पानी सुक्यो, दक्षिण भेगमा एउटा गाउँ चाहिन्छ भनी यस गाउँको नाम शिवपुर भयो । पानी सुकेपछि यस स्थानमा पशुपति महादेव उत्पत्ति भएको किंवदन्ती पनि छ । बुलुगाउँका पूर्वतिर महादेव रहेका छन् ।

बुलुगाउँमा एक व्यक्तिले बदमासी गरेकाले त्यसको मुख नहेर्ने भनी अरु सबै व्यक्ति छाडेर गएकाले महादेव पनि यहाँबाट पशुपतिमा गएको किंवदन्ती रहेको कर्माचार्यले बताए ।

बुलुगाउँबाट महादेव र अरु मानिस उठेर गएपछि सो शिवपुर गाउँ धमिलो भई नराम्रो वातावरणमा परिणत भएर गाउँको शोभा नै हराइ डरलाग्दो भयो । त्यसको धेरै वर्षपछि गाउँमा भएका सबै घरहरु भत्केर एउटा परिवार मात्र बसोबास गरिराखेको थियो । गाउँ नै अँध्यारोमा परिणत भएकाले यसलाई नेवारी भाषाबाट शिवपुर बुलुसिच्वों अर्थात् बुलु नामाकरण गरिएको हो ।

हालसम्म बुलुगाउँको शिलापत्र फेला नपरेकाले यो जात्रा कसले र किन चलायो भन्ने कुरा अनुसन्धानमा मात्र सीमित भइरहेको स्थानीयवासीको मत छ ।

भनिन्छ, बुलुगाउँमा एउटा अचम्मको शक्ति छ । यस गाउँबाट कसैले पुराना सामग्री बाहिर अन्य स्थानमा लगेमा नराम्रो आवाज दिन्छ । पुराना सामान लाँदा आवाज दिन्छ भन्ने थाहा पाउने व्यक्तिले अहिलेसम्म पनि पुराना सामान गाउँबाहिर लैजाँदैनन् ।

एक गाउँबाट अर्को गाउँमा पुराना सामान लाँजादा रातभरि सुत्न पाइँदैन भन्ने मान्यता बुलुवासीमा अझै रहेको देखिन्छ । यो मान्यतालाई बुलुगाउँमा दैविक शक्तिको परिभाषा दिइएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  १२ : ०० बजे

मेक्सिकोको सिनालोआस्थित कारागारमा दङ्गा, १० जनाको मृत्यु

एजेन्सी – उत्तरपश्चिमी मेक्सिकोको सिनालोआ राज्यस्थित एल क्यास्टिलो कारागारमा बिहीबार भएको

निलम्बित एआईजी दाहालमाथि कारबाही गर्न सिफारिस

काठमाडौं- निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज

शिक्षकलाई गाडी किन्न सहुलियत, उत्कृष्ट माविलाई ५० लाखसम्म

काठमाडौं -शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको  शिक्षा

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी– पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा

बाढीले पुलमा क्षति पुर्‍याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

बागलुङ– चाडबाडको समयमा पछिल्ला केही वर्षयता बागलुङका विभिन्न गन्तव्यमा पर्यटक