कोरोना त्रास : चार महिनाको बच्चासँगै आमालाई फ्ल्याटबाट निकालियो « Khabarhub

कोरोना त्रास : चार महिनाको बच्चासँगै आमालाई फ्ल्याटबाट निकालियो


२३ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत- कोरोना भाइरसको संक्रमणबाट पूरै विश्वमा डर छाएको छ । डर संक्रमित भइन्छ कि भन्ने हो ।

सरकारले सामाजिक दूरी कायम राख्नका लागि लकडाउन गरेको छ । कोरोना भाइरसको मुकावला गर्ने यो एक तरिका हो । तर केही घटना अति सक्रियताका पनि रहेको छ । यसमा कसैको डर, अर्कोका लागि समस्या बन्न सक्छ ।

यस्तै एक घटना सार्वजनिक भएको छ । चार महिनाको बच्चालाई लिएर आमाले रातारात आफ्नो फ्ल्याट छोड्न परेको छ । किनकी उनी उक्त अपार्टमेन्टमा नयाँ थिइन् ।

यो घटना भारतको सूरतको ओलपाडी गल्लीमा रहेको अमर प्यालेस अपार्टमेन्टको हो जहाँ विद्यालय शिक्षिका राधिका गामित केही दिन बस्नका लागि पुगेकी थिइन् । उका साथ चार महिनाको बच्चा र उनका पति पनि थिए । तर अपार्ट मेन्टका मानिसले कोरोना भाइरस फैलने डरले उनीहरुलाई एक रात पनि फ्ल्याटमा बस्न दिएनन् ।

अपार्टमेन्टका अध्यक्षले अपरिचित मानिसलाई राख्न नसकिने बताए ।

राधिकाका अनुसार उनले बारम्बार प्रहरी र अन्यलाई आग्रह गरेकी थिइन् । तर कसैले पनि सुनेनन् । उनलाई र उनको पतिलाई संक्रमण थिएन । उनीहरुलाई चार महिनाको बच्चाका साथ फ्ल्याट छोड्न पर्यो । त्यसपछि उनीहरुले एक स्कुलमा राति काटेका थिए ।

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  १ : २१ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको