कोरोना सङ्क्रमण रोकथाम र नियन्त्रणमा कांग्रेस सक्रिय « Khabarhub

कोरोना सङ्क्रमण रोकथाम र नियन्त्रणमा कांग्रेस सक्रिय


२३ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- विश्वव्यापी महामारीका रुपमा बढिरहेको कोरोना भाइरस सङ्क्रमणको रोकथाम र नियन्त्रणका लागि नेपाली कांग्रेस कास्कीले मातहतका इकाईलाई सक्रिय बनाएको छ ।

पार्टीले जिल्लाका सबै नागरिकलाई आवश्यक सावधानी अपनाउन आग्रह गर्दै जिल्ला समिति मातहतका सबै इकाईलाई सक्रिय बनाएको पार्टीका प्रवक्ता नवीन सिग्देलले बताए ।

जिल्ला समितिको निर्देशनअनुसार प्रत्येक एकाइले आ–आफ्ना तर्फबाट आवश्यक सहयोगमा जुटीरहेको उनले जानकारी दिए ।  यसैबीच नेपाली कांग्रेस माछापुच्छ्रे गाउँपालिका समिति कास्कीले गाउँपालिकाभित्र कोरोना भाइरसको सङ्क्रमणबाट नागरिकलाई जोगाउने लक्ष्यका साथ ‘ब्लिचिङ’ पाउडरको झोल छर्केको छ ।

पार्टीका स्थानीय नेता तथा कार्यकर्ताको सहभागितामा गाउँपालिकाका नौवटै वडामा ब्लिचिङ पाउडरको झोल छर्कने काम गरिरहेको नेपाली कांग्रेस कास्कीका जिल्ला सदस्य विष्णुबहादुर क्षेत्रीले जानकारी दिए ।

“शुक्रबारदेखि गाउँपालिका–२ सार्दीखोलाबाट शुरु गरिएको ब्लिचिङ पाउडरको झोल छर्कने कार्य आज वडा नं ७ धम्पुसबाट सकिँदैछ,” उनले भने  “हामीले सँगसँगै सचेतनामुलक कार्यक्रम पनि अघि बढाएका छौँ, सचेतनाका लागि पार्टीका नेता तथा कार्यकर्ताको परिचालन एवम् सामाजिक सञ्जालको भरपुर उपयोग गरिएको छ ।” आगामी दिनमा कोरोना विरुद्धको सङ्घर्षमा पार्टीलाई सङ्गठित गर्दै अघि बढ्ने बताउँदै उनले यस विषम परिस्थितिमा आँफू पनि बाँच्ने र अरुलाई पनि बँचाउने अभियानमा जुट्नुको विकल्प नभएको उल्लेख गरे ।

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  २ : ५४ बजे

‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत ‘जब फर्किन्छ घर’ सार्वजनिक

काठमाडौं – गत शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत

भोजपुरको पाँचधारेमा बौद्धस्तूप निर्माण

भोजपुर– टेम्केमैयुङ गाउँपालिका-९ पाँचधारेमा पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले

भक्तपुरमा एक महिनामा १४ वटा जघन्य अपराध

भक्तपुर– भक्तपुरमा पछिल्लो एक महिनामा १४ वटा जघन्य अपराधका घटना घटेका

चिसोबाट दमरोगीलाई कसरी बचाउने ?

श्वासप्रश्वास रोग मानिसको मृत्यु गराउने रोगमध्ये विश्वको चौथो प्रमुख रोगमध्ये

गर्भावस्थामा यी तिन खानेकुरा नखाएकै राम्रो 

काठमाडौं– कफीः कफीमा क्याफिन भन्ने तत्त्व हुन्छ । गर्भवती आमाले कफी